• शुक्रबार १-१४-२०८१/Friday 04-26-2024
मनोरञ्जन

बलिउड नायिकाहरुको सुन्दरताको रहस्य

मुम्बई । आम मान्छे भन्दा फिल्ममा अभिनय गर्ने नायिकाहरु किन बढी सुन्दर हुन्छन् ? के यो क्यामराको करामत हो या उनीहरुले गरेका मेकअप या यसमा कुनै जादु वा त्यस्तो प्रविधि हुन्छ जसले नायक नायिकालाई सिलिम, ह्यान्डसम, सेक्सी या व्युटीफुल बनाउँछ ।

 

अहिले यो एउटा प्रश्न नै बनेको छ । के आम मान्छे पनि नायिकाहरु जस्तै बन्न सक्छन ? उनीहरुको सुन्दरताको राज के हो त ? अहिले धेरै मान्छेहरुको जिज्ञासा नै यही छ । यसमा पत्याउन गाह्रो हुन्छ कि प्राय कलाकारहरु प्लास्टिक सर्जरी वा अन्य कृतिम बिधि नअप्नाई सुन्दर बन्ने कोशिसमा देखिन्छन् र उनीहरु त्यहि अनुसार मेहिनत गर्छन । 


कलाकारहरु रिहर्सल, सुटिंङ, डबिङ, फिल्मको प्रमोशन, ब्राण्ड प्रमोशन अन्य औपचारिक र अनौपचारिक कार्यक्रममा हुनु स्वभाविक हो । अभिनयको सिपले मात्र उनीहरुको क्यारियर निर्धारण हुदैन । यसका लागि उनीहरुले अभिनयसँगै आफुलाई कसरी सुन्दर बनाउने भन्ने कुराको पनि ध्यान राख्नु जरुरी हुन्छ । कहि कतै जाँदा सुन्दर, आकर्षक र फ्रेस देखिन जरुरी हुन्छ ।

 

प्राय कलाकारहरु जीम जाने गर्छन । खानेकुरामा बिशेष ध्यान दिन्छन् । दिनको दुई देखि तीन घण्टा कसरत, योग गर्नेे गर्छन । उनीहरुले आफनो खानेकुरा कति र कुनबेला खाने भन्ने तालिका नै बनाएका हुन्छन् । आफनो शरीरको हेरचाहका लागी भनेर आफनो निजी प्रशिक्षक र स्वास्थ्यबिद् पनि राखेका हुन्छन् । बलिउड कलाकारहरु आफनो शरीरलाई चुस्त र तन्दुरुस्त राख्नका लागी मासिक पचास हजार देखी एक लाखसम्म खर्च गर्ने गर्छन । 


शिल्पा सेट्टी

 

उमेर बढेपनि सुन्दतामा केही कमी देखिँदैन नायिका शिल्पा सेट्टीको ।  सन्तान प्राप्तपछि उनले आफ्नो तौल र रुप बिग्रन दिएकी छैनन् । फिल्म भन्दा रियालिटी शोहरुमा व्यस्त उनी योग, ध्यान र शारिरिक व्यायाम बारे एकदमै ध्यान दिइरहेकी हुन्छिन् । 


उनी हरेक दिन एलोभेराको जुस पिएर आफ्नो दिन सुरुवात गर्छिन । कार्बोहाइड्रेट कम हुने खाना र प्रोटिनयुक्त खाना उनको रोजाइमा पर्छ । दैनिक १८०० क्यालोरी आसपास हुने गरी उनी खाना खान्छिन । उनी दुईदिन योग, एकदिन कार्डियो र दुईदिन शारिरिक व्यायाम गर्ने गर्छिन भने हप्ताको एक दिन बिदा बिदामा हुन्छिन् ।


बिपासा बासु 

 

आजकल बिपासा बासुका फिल्महरु भन्दा योग र शारिरिक व्यायामका भिडियोहरु धेरै देखिन थालेका छन् । आफ्नो तौल अनि सुन्दरता कायम राख्न उनी खाना र कसरतमा धेरै नै ध्यान दिन्छिन् । बिहानको खानामा उनी ६ वटा अण्डा, फलफुल र ब्राउन ब्रेड खाने गर्छिन भने दिउँसो उनी रोटी, दाल र तरकारी खान्छिन् । खाजामा चियासँग बिस्कुट र रातीको हरियो सलाद, माछा वा कुखुराको मासु खाने गर्छिन । 


खाएर मात्र हुदैन, खाएको कुरालाई सहि तरिकाले पचाउनु पर्छ । यसको लागि उनी निरन्तर कसरत, योग, नृत्य गर्ने गछिन् । जीममा हरेक दिन २० मिनेट दौडिने, २० मिनेट साइकलिङ गर्ने र अन्य कसरत गर्ने गर्छिन ।


प्रियंका चोपडा

 

जीममा पसिना बगाउने र खानामा कडा नियमले गर्दा नै प्रियंका आफ्नो सुन्दरता कायम राख्न सफल भएकी हुन । एक अनुशासित जीवनशैली अपनाउँदै उनले हलिउडमा समेत आफ्नो नाम प्रभावकारी बनाएकी छन ।


उनी हरेक बिहान ब्रेकफास्टमा दुईवटा अण्डा वा जहुको चिउरा अनि एक गिलास दुध खाने गर्छिन । दिउँसो दुईवटा रोटी, तरकारी, दाल र सलाद खान्छिन । साँझ स्याण्डवीच खान्छिन भने राती कुखुराको मासु वा माछा अनि सुप लिने गर्छिन । नियमित जीम, योग, कार्डियोले पनि उनलाई फिट एण्ड फाइन बनाएको छ । 


दीपिका पादुकोण

 

आफ्नो अभिनय क्यारियरमा सधै एकनासै तौल अनि सुन्दरता कायम राख्न सिपालु दीपिका आफ्नो खाना र कसरतमा बिषेश ध्यान दिन्छिन । उनी डिप्रेसनमा हुँदा पनि आफनो काम र तालिकालाई  सधै कामय राखिन् । बिहान दक्षिण भारतीय खानेकुरा खाने गर्छिन् ।  खानाको रुपमा दुईवटारोटी, सब्जी र माछा खान मन पराउँछिन । दिउँसो बदाम, कफी अनि रातको खानामा सब्जी, सलाद र दुईवटा रोटी उनको रोजाइमा पर्छ । हरेक बिहान योग गर्ने अनि आधा घण्टा दौडिने उनको बानी छ भने उनी नियमित रुपमा बिभिन्न कसरत गरिरहेकी हुन्छिन् । 


आलिया भट्ट

 

सानो उमेरमा नै चर्चित र व्यस्त नायिकाको रुपमा आफुलाई स्थापित गर्न सफल आलिया भट्ट आफ्नो व्यस्तताबाट केहि समय आफ्नो स्वास्थ्य र सुन्दरताको लागि पनि दिन्छिन् । बिहानको चिया, कफी अण्डा र मकैको छोक्रा खाने उनको बानी छ । रोटी, दाल र सब्जी उनको खाना हो भने उनी दिउँसो फलफुल खाने गर्छिन् । रातको खानामा रोटीसँग कुखुराको मासु र सब्जी खान रुचाउँछिन । उनी आफुलाई फिट राख्न नियमित जीम जाने र अनुशासित भई कसरत र योग गर्ने गछिन् ।


यी सबै नायिकाहरु पानी, फ्रेस जुस, फलफुल र सलाद नियमित खाने गर्छन  भने रक्सीजन्य कुरासँग उनीहरु सकेसम्म टाढा नै हुन्छन् । चिनी र अन्य गुलियो कुरासँग पनि उनीहरु सकेसम्म लिँदैनन् । आफ्नो स्वाथ्य राम्रो बनाउन खाना मात्र महत्वपुर्ण होइन । के के खाने र कति खाने भन्ने कुरा बुझ्न जरुरी छ तर त्यसमा पनि दिनको ५ देखि ६ पटक बिभिन्न प्रकारको खानेकुरा खानु स्वाथ्यको लागि राम्रो हुँदैन । यदी तपाई आफुलाई फिट एण्ड फाइन बनाउन चाहनुहुन्छ भने आजैबाट नियमित कसरत र खानेकुरामा बिशेष ध्यान दिन सुरु गर्नुहोस् । शरीर छ त, सबैकुरा छ । एजेन्सी 


 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार