• शुक्रबार १-१४-२०८१/Friday 04-26-2024
देश/प्रदेश

दीपक मनाङे भन्छन् : मिलन गुरुङलाई झापड हान्दा किन यत्रो इस्यू ?

काठमाडौं । सांसद दीपक मनाङले एन्फा कास्कीका अध्यक्ष मिलन गुरुङलाई झापड हान्दा ठूलो इस्यू बनाइएको भन्दै आक्रोश व्यक्त गर्नुका साथै कानुनले केही गर्न नसक्ने  भन्दै चेतावनी दिएका छन् ।

 

मंगलबार एन्फा अध्यक्षलाई मुख्यमन्त्री कप फुटबल प्रतियोगिताको उद्घाटनपूर्व तीन झापड लगाएपछि बुधबार उनीबिरुद्ध प्रहरीमा उजुरी दिए लगत्तै पत्रकार सम्मेलन गर्दै मनाङेले यस्तो चेतावनी दिएका हुन्।

 

उनले पूर्वप्रधानमन्त्रीहरुलाई पनि जनताले जुत्ता हानेको दृष्टान्त दिदैं आफूले झापड हानेको कुराको बचाउ गरेका थिए। उनले जनताले पूर्वप्रधानमन्त्रीलाई झापड हानेको स्मरण गराउँदै आफूले एक ठगलाई झापड हान्दा यत्रो इस्यु बनाउनु जरुरी नभएको बताए।

 

मंगलबारदेखि पोखरामा सुरु भएको मुख्यमन्त्री कप फुटबलको उद्घाटन कार्यक्रममा आयोजक संस्थाका अध्यक्ष तथा एन्फा कास्कीका अध्यक्ष गुरुङलाई झापड हानेका मनाङेले बुधबार पत्रकार सम्मेलन गरेर गुरुङलाई ठगको संज्ञा पनि दिए । 

 

उनले आफू गान्धी जस्तो नभएको भन्दै रावणतिर परेको र झापड हान्दा मज्जा लागेको बताए। एन्फाका अध्यक्ष कर्माछिरिङ शेर्पालाई झापड हान्न खोजेको तर शेर्पा त्यहाँ नभएका कारण मिलन गुरुङले झापड खान परेको उनको भनाइ थियो।

 

मिलनविरुद्ध पनि आफूले ५० वटा जाहेरी दर्ता गराउन सक्ने उनले दावी गरे । ‘म विरुद्ध जाहेरी दिने ?’ उनले भने, ‘मैले त्यस्ता जाहेरी त ५० वटा दिन सक्छु ।’ 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार