• शनिबार १-१५-२०८१/Saturday 04-27-2024
मनोरञ्जन

के गर्दैछन् बलिउड किङ्ग शाहरुख खान

मुम्बई । ९० को दशक र सन् २००० को पहिलो दशकमा नम्बर वान नायक एवं उत्कृष्ट अभिनेता कहलिएका शाहरुख खान आजकल पर्दामा देखिन छोडेका छन् । सन् २०१० मा ‘माई नेम इज खान’ बाट उत्कृष्ट अभिनेता पुरस्कार पाएपछि त्यो दशकपछि शाहरुखको हराए सरह नै भए । 

 

उनले अभिनय गरेका चलचित्र  ‘रा वान’ , ‘डन २’, ‘दिलवाले’, ’फ्यान’, ‘डियर जिन्दगी’, ‘जिरो’, ‘रहिश’ र ‘जब हेरी मेट सेजल’ असफल रहे भने मात्र तीन चलचित्र ‘जबतक है जान’, ‘चेन्नई एक्सप्रेस’ र ‘ह्याप्पी न्यु इयर’ सफल रह्यो । उनले निर्माण गरेका चलचित्रले पनि खासै व्यापार गर्न सकेन । यसले शाहरुखको अभिनय करियर समाप्त भएको अनुमान गरिएको छ । अनि गत एक बर्षमा उनले कुनै पनि चलचित्रमा काम गर्न लागेको खबर बाहिर आएको छैन । यसले उनका फ्यानलाई पक्कै निराश बनाएको छ ।

 

उनको लगातार चलचित्र असफल भए पनि शाहरुखको क्रेज भने घटेको छैन । उनी बाहिर देशमा हुने बिभिन्न चलचित्र एवं अन्य सामाजिक कार्यक्रममा सहभागी हुने गरेका छन । यो समय उनी धेरै आफ्नो परिवारसंग बिताइरहेका र आफ्नो प्रोडक्सन हाउस हेर्ने गरेका छन् ।

 

अस्ट्रेलियामा भएको एक कार्यक्रममा शाहरुखले आफ्नो दैनिकी स्पस्ट पार्दै भनेका छन, ‘म काम गरिरहेको छु, औपचारिक कार्यक्रममा जाने र परिवारसंग रमाउने बाहेक मैले स्कृप्ट पनि पढिरहेको छु ।’

 

मुन्नाभाइको सिरिज र थ्री इडियटस् जस्ता चलचित्र बनाउने सफल निर्देशक राजकुमार हिरानीको आगामी चलचित्रमा शाहरुखले काजोलसँग काम गर्ने अनौपचारिक खबरले अहिले बलिउड तात्तिएको छ । त्यस्तै संजयलीला बंसालीसँग पनि काम गर्न सक्ने सम्भावना रहेको बताइएको छ । शाहरुखका फ्यानहरुको लागि यो खुशीको खबर हुन सक्छ । एजेन्सी

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार