• शुक्रबार १-१४-२०८१/Friday 04-26-2024
देश/प्रदेश

शैक्षिक बिकासमा एकतावद्व हुन पूर्व विधार्थीहरुको आव्हान

शर्मिला तिमल्सिना, धादिङ । आदर्श मावि गजुरीका पूर्वबिद्यार्थी तथा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा.पुष्पराज कडेलले बिद्यालय संचालन र प्राविधिक शिक्षामा जोड दिदैं शैक्षिक विकासको लागी शुभकामना व्यक्त गरेका छन् ।

 

धादिङ जिल्लाको पहिलो हाईस्कुल आदर्श मा वि गजुरीका पूर्वबिद्यार्थीहरुको साझा संस्था आदर्श स्कुल्स स्टुडेन्ट्स एल्मुनाई (ASSA) ले गरेको बृहत भेटधाट कार्यक्रममा उपाध्यक्ष कंडेलले प्राविधिक शिक्षमा शैक्षिक बिकास हुनुपर्ने कुरामा जोड दिएका थिए । 

 

यस्तै संघीय सांसद भुमि त्रिपाठीले विद्यालय रहेको जग्गा आदर्शको बनाउन पहल भएको र केहि समयमै बिधालयले आफ्नो जग्गा पाउने आशा व्यक्त गरेका थिए । कार्यक्रममा बोल्दै अर्का वागमती प्रदेशका वक्ता तथा कानुनमन्त्री  शालिकराम जम्कटेलले शिक्षाको गुणस्तर सुधार गर्न आग्रह गर्दै सामाजिक बिकासमा योगदान गर्न आग्रह गरे । 

 

पूर्व विद्यार्थी तथा पूर्व मन्त्रीहरु सुरेन्द्र पाण्डे ,राजेन्द्र प्रसाद पाण्डे, नेपाली कांग्रेसका नेता शिव सुवेदी लगायतले शिक्षाको बिकासले सम्वृद्व नेपाल हुने भएकोले सिपमुलक शिक्षाका लागि जोड दिनुपर्ने बताएका थिए । 

 

कार्यक्रममा विद्यालयमा योगदान पुर्याउने समाजसेवी लगायत बिधालयबाट नै उत्पादित बिशिष्ट व्यक्तिहरुको बाक्लो उपस्थिति थियो भने सोहि व्यक्तिहरुलाई संस्थाको तर्फबाट मायाको चिनो पनि प्रदान गरिएको थियो । 

 

२०७४ असोज ३१ गते जिल्ला प्रसाशन कार्यालयमा दर्ता भई क्रियाशिल यस संस्थाले  बिधालयको भौतिक पूर्वाधार लगायत सामाजिक एवं सांस्कृतिक बिकास गर्ने उदेश्यले कार्यक्रम आयोजना गरेको संस्थाका अध्यक्ष किरण श्रेष्ठले बताएका थिए ।  

 

जिल्लाको पहिलो बिधालयको रुपका स्थापित बिधालयका पुर्व बिधार्थीहरुको संस्था भएको र आगामी दिनमा पनि सबैसँग सहकार्य गर्दै अगाडी बढ्ने संस्थाका उपाध्यक्ष उमाकान्त थपलियाले बताए । यस्तै उपाध्यक्ष थपलियाले शैक्षिक बिकासमा एकतावद्व जनाउन सम्पुर्ण पूर्व विधार्थीहरुलाई आव्हान समेत गरेका थिए । 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार