• शुक्रबार १-१४-२०८१/Friday 04-26-2024
देश/प्रदेश

आजबाट मौसममा सुधार आउने

काठमाडौं । पश्चिमी न्युन चापीय प्रणालीका कारण केही दिन देखि  मौसममा आएको प्रभाव आजबाट पूर्ण सुधार हुने बताइएको छ ।  पश्चिमी न्युन चापीय प्रणालीको प्रभाव कम भएपछि आजबाट मौसममा सुधार आउने जल तथा मौसम पूर्वानुमान महाशाखाका जनाएको छ ।

 

अहिले पूर्वी, मध्य तथा पश्चिमी पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागको मौसम सामान्यतया सफा रहेको छ र उपत्यका तथा तराईका केही स्थानहरुमा हुस्सुकुहिरो लागेको छ । 

 

आज जुम्लाको न्यूनतम तापक्रम माइनस शून्य दशमलव १ डिग्री सेल्सियसमा झरेको छ । आज देशको पूर्वी भू–भाग लगायत मध्य तथा पश्चिमी पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागको मौसम सामान्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

 

त्यस्तै देशभर आंसिकदेखि सामान्य बदली रही पहाडी तथा तराई भू–भागका एक–दुई स्थानमा हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भेगका केही स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको मौसमविद् समीर श्रेष्ठले बताए ।  भोलि पहाडी भेगमा आंशिक बदली रही बाँकी भेगमा मौसम सामान्यतया सफा रहने उनको भनाई छ ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार