• शुक्रबार १-१४-२०८१/Friday 04-26-2024
देश/प्रदेश

सत्य निरुपणमा डा.भट्ट र बेपत्ता छानविन आयोगमा सुवेदीको नाम सिफारिस

काठमाडौं । सत्य निरुपण तथा मेलमिलाप आयोगको अध्यक्षमा डा. गणेश भट्ट र वेपत्ता पारिएका व्यक्तिको छानविन आयोगको अध्यक्षमा युवराज सुवेदीको नाम सिफारिस गरिएको छ।

 

पूर्वप्रधानन्यायाधीश ओमप्रकाश मिश्र संयोजकत्वको समितिले शनिबार बैठक गरी दुबै आयोगमा पूर्णता दिन नाम सिफारिस गरेको हो। सो समितिले गएको मंसिर महिनाको पहिलो साता ६१ जना आवेदकको नाम सार्वजनिक गरेको थियो ।

 

यस्तै  सदस्यमा नेकपाका तर्फबाट गोविन्द गौतम, मन दाहालको नाम सिफारिस गरिएको छ भने कांग्रेसको सिफारिसमा प्रचण्डमान प्रधान रहेका छन्। त्यस्तै वेपत्ता छानविन आयोगको सदस्यहरुमा नेकपाबाट विष्णु भण्डारी तथा कांग्रेसको सिफारिसमा सुनिल रञ्जन सिंह, गंगा अधिकारी र सरिता थापा मगरको नाम सिफारिस गरिएको छ।

 

नाम सिफारिस गर्नुअघि शनिबार विहान नेकपा अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच छलफल भएको थियो।

 

उक्त छलफलमा ऐन संशोधनका लागि विधेयक सदनमा पेश गर्ने र सिफारिस समितिले पठाउने नाम स्वीकृत गर्ने सहमतिमा सत्ता(प्रतिपक्ष सहमतिमा पुगेका थिए।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार