• शनिबार १-१५-२०८१/Saturday 04-27-2024
मनोरञ्जन

गायिका आस्था राउतमाथि छानबिन सुरु, राउत भन्छिन्, मैले गल्ती गरेको छैन (भिडियो लाइभ सहित)

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक सुरक्षा कार्यालयमा कार्यरत् प्रहरी जवान रमिता श्रेष्ठले गायिका आस्था राउतविरुद्ध महानगरीय प्रहरी कार्यालय रानीपोखरीमा उजुरी दिएकी छन् ।

 

विमानस्थलको सुरक्षा जाँचका क्रममा गायिका राउतले आफूमाथि अभद्र व्यवहार गरेको भन्दै प्रहरी जवान श्रेष्ठले शुक्रबार उजुरी दिएकी हुन् ।

 

गत बुधबार काठमाडौंबाट भद्रपुर जान लागेकी गायिका आस्था राउतले विमानस्थलमा सुरक्षा जाँचका क्रममा प्रहरीले आफूलाई हातपातसहित दुर्व्यवहार गरेको आरोप लगाएकी थिइन । 

 

यही क्रममा प्रहरीसँग भएको भनाभनलाई लिएर फेसबुकमा प्रहरी संगठन र सुरक्षाकर्मीहरुलाई गाली–गलौज गरेको भिडियो सार्वजनिक भएको थियो । सामाजिक सञ्जाल फेसबकु मार्फत प्रहरीलाई गाली गरेको भन्दै प्रहरीजवान श्रेष्ठले उजुरी दिएकी हुन् । 

 

तर विमानस्थलबाट प्राप्त सीसीटीभी फुटेजमा प्रहरीले उनलाई ज्याकेट खोल्न आग्रह गर्दा हतार गर्दै कफी छाडेर हिँड्न लागेपछि प्रहरीले नै उनलाई कफी लैजान आग्रह गरेको भिडियोमा देख्न सकिन्छ ।

 

यता आज गायिका आस्था राउतले  पुनः फेसबुक लाइभमा आएर घटनाबारे बोलेकी छिन्। उनले पटकपटक रुँदै आफूले दुर्व्यवहार भोगेको बताएकी छन्। भिडियो लाइभमा उनले रुँदै भनेकी छिन्, ‘मरेर जाने चोला हो यार। किन मैले झुट बोल्नु पर्‍यो।’

 

उनले फेसबुक लाइभमा रुँदै भनेकी छन्, ‘हावाको भरमा गाली गर्न त्यस्तो नगर्नुस्। राम्रो भन्छ मान्छे कुण्ठित हुन्छ गाली गर्न उक्सिन्छ। सत्य तथ्य थाहा नपाइ कुर्लनुहुन्छ। तपाईंको दिदी बहिनीलाई भएको भए के गर्नुहुन्थ्यो ?’ आफूलाई गाली गर्नेहरूलाई आस्थाले रुँदै भनेकी छन्, ‘मेरो आँसुले तिमीहरूलाई पोल्नेछ।’

 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार