• शनिबार १-१५-२०८१/Saturday 04-27-2024
अर्थ

जनता बैंकद्वारा लुम्बिनी नेत्र विज्ञान संस्थान र वैद्यनाथ वेद विद्याश्रमलाई आर्थिक सहयोग

 

काठमाडौं । जनता बैक नेपाल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत लुम्बिनी नेत्र विज्ञान अध्ययन संस्थान, भैरहवालाई आँखा उपचार सम्बन्धी क्रोनियल टोपोग्राफी मेसिन खरिद प्रयोजनार्थ रु. ४ लाख ५० हजार आर्थिक सहयोग उपलब्ध गराएको छ ।


उक्त सहयोग रकमको चेक आज बैंकका प्रमुख कार्यकारी अधिकृत परशुराम कुँबर क्षेत्रीले लुम्बिनी नेत्र विज्ञान अध्ययन संस्थानका अध्यक्ष सागरप्रताप राणालाई हस्तान्तरण गरेका हुन ।

 

 नेपाल नेत्रज्योती संघबाट संचालित लुम्बिनी नेत्र विज्ञान अध्ययन संस्थान त्यस क्षेत्रको प्रमुख आँखा उपचार केन्द्रको रुपमा रहेको छ ।

 

यसैगरी बैंकले सुदुरपश्चिम प्रदेशको अछाममा रहेको श्री वैद्यनाथ क्षेत्र विकास संस्थालाई अक्षयकोष प्रयोजनार्थ रु। २ लाख ५१ हजार सहयोग उपलब्ध गराएको छ ।
 उक्त रकमको चेक प्रमुख कार्यकारी अधिकृत परशुराम कुँवर क्षेत्रीले श्री वैद्यनाथ क्षेत्र विकास संस्थाका संस्थापक संरक्षक सुरतबहादुर थापा र संरक्षक तथा पूर्व प्रहरी महानिरीक्षक मोतीलाल बोहरालाई हस्तान्तरण गरेका थिए ।

 

उक्त संस्थाले अछाम जिल्लाको वैद्यनाथ क्षेत्रमा बि.सं.२०५५ साल देखि श्री वैद्यनाथ वेदविद्याश्रम संचालन गरिरहेको छ । उक्त सहयोग रकम विद्याश्रममा अध्ययनरत वटुकहरुको सहयोगको लागि खोलिएको अक्षय कोषमा जम्मा गरिनेछ ।  

 

जनता बैंक नेपाल लिमिटेड र ग्लोबल आइएमई बैंक लिमिटेड एक आपसमा गाभिई यहि २०७६ मंसीर २० गते देखि एकिकृत कारोवार गर्न गइरहेका छन् । 

दुवै बैंक गाभिएपछि ग्लोबल आइएमई बैंक लिमिटेड रु. २४ अर्ब भन्दा बढी प्राथमिक पुँजी, २ खर्ब ४ अर्ब बचत, रु। १ खर्ब ९४ अर्ब कर्जा लगानी तथा ८५० भन्दा बढी सेवा केन्द्र भएको देशकै ठूलो बाणिज्य बैंकको रुपमा स्थापित हुनेछ ।
 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार