• शनिबार १-१५-२०८१/Saturday 04-27-2024
देश/प्रदेश

रवि लामिछाने सहित ३ जनालाई थप ५ दिन थुनामा राख्न अदालतको  आदेश

चितवन । सञ्चारकर्मी शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा पत्रकार रवि लामिछाने सहित ३ जनालाई थप ५ दिन थुनामा राख्न म्याद थप भएको छ । न्यायाधीश गायत्रीप्रसाद रेग्मीको इजलासले लामिछाने सहित युवराज कँडेल र अस्मिता कार्कीलाई अनुसन्धान गर्न थप पाँच दिन हिरासतमा राख्न आदेश दिएको हो।

 

सोमबार पहिलो पाँच दिनको म्याद सकिएपछि प्रहरीले तीनै जनालाई मंगलबार अदालत लगेको थियो । तीनै जनाको बयान आज सकिएको छ । अब उनीहरुविरुद्ध प्रहरीले थप अनुसन्धान गरी अभियोगपत्र दायर गर्नेछ।पत्रकार पुडासैनीको शव भरतपुरस्थित एक होटलमा गत २० गते फेला परेपछि अनुसन्धान थालेको प्रहरीले सुरुदेखि नै रवि लामिछानेको नाम आएकाले अनुसन्धान अघि बढाएको थियो।  

 

पुडासैनीको रुँदै बोलिरहेको करिब ८ मिनेटको भिडियो र अडियो टेपमा रवि लामिछाने र युवराज कँडेलले पछिल्लो पटक धेरै यातना दिएको भनेका छन् । उनले भिडियोमा विज्ञापन एजेन्सी मार्फत् बालुवा ठेकेदार, सिमेन्टलगायत ठूला कम्पनी र घरानाबाट करोडौं कमाउने गरेको पनि उल्लेख गरेका छन् ।

 

उनी मुलुकी फौजदारी संहिता अन्तर्गत आत्महत्यामा दुरुत्साहन गरेको कसुरमा उनीहरु अनुसन्धानका लागि पक्राउ परेका थिए।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार