• शुक्रबार १-१४-२०८१/Friday 04-26-2024
अर्थ

भदौ १० गतेदेखि नाडा अटो शो,सवारी साधन बिक्रीमा बिषेश छुट

काठमाडौं ।  यहि भदौ १० गतेदेखि काठमाडौंको भृकुटीमण्डपमा ‘नाडा अटो शो २०१९’  को १४औं संस्करण  आयोजना गरिने भएको  छ । 

 

आइतवार आयोजित पत्रकार सम्मेलनमा नाडाका अध्यक्ष शम्भुप्रसाद  दाहालले नाडा अटो सोमा  ९५ ब्राण्डका सवारी साधन र त्यसमा प्रयोग हुने पार्ट पूर्जा रहने जानकारी दिए । पत्रकार सम्मेलनमा सवारी साधन वाहेक लुब्रिकेन्ट,टायर,एसेसरिज र बैंक तथा वित्तिय संस्था गरेर १ सय ६० स्टल रहने जानकारी दिइयो । 

 

उक्त प्रर्दशनीमा प्रख्यात अन्तर्राष्ट्रिय ब्राण्डका सवारी साधन, लुब्रिकेन्ट, पार्ट–पुर्जाका साथै राष्ट्रिय ब्राण्डका अटो सामग्री उत्पादक एवं वस्तु तथा सेवा प्रदायकहरूको समेत सहभागिता रहने छ । 

 

मेलामा विभिन्न कम्पनीहरुले सवारी साधन बिक्रीमा बिषेश छुट दिने तयारी गरेका छन् । यो छुटलाई दशैं तिहारसम्मनै निरन्तरता दिने तयारी व्यवसायीहरुको छ । ६ दिनसम्म चल्ने शोमा ७५  हजार बढी आगन्तुकहरूले अवलोकन गर्ने  आयोजकको विश्वास  छ ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार