• शनिबार १-१५-२०८१/Saturday 04-27-2024
डबली

विकृति विसंगतीप्रति शान्ति काव्य प्रवाहको व्यङ्गय

मानव अधिकार तथा शान्ति समाजद्वारा प्रत्येक महिनाको अन्तिम विहिवार आयोजना गरिने शान्ति काव्य प्रवाहको ८२ औँ श्रृंखला आज काठमाण्डौँमा सम्पन्न भएको छ ।  
 

 काव्य प्रवाहमा वरिष्ठ साहित्यकार मदनमणी दीक्षितको निधनमा शोक व्यक्त गरिएको थियो । 


 
२९ जना कविहरुले रचना प्रस्तुत गरेको काव्य प्रवाहको सभापतित्व समाजका सभापति उत्तम पुडासैनीले र सञ्चालन कोषाध्यक्ष रामकृष्ण बरालले गरेका थिए ।


 नेताहरुले सरकारी जग्गा हडपेको, बाढी र डुवान पिडितहरुको राहतका लागि उल्लेख्य काम गर्न नसकेको, विकृति विसंगती बढ्दै गएको प्रति व्यङ्गय गर्दै कविहरुले कविता, गजल, मुक्तक वाचन गरेका थिए ।

 

शान्ति काव्य प्रवाहमा कविहरु रामबहादुर पहाडी, मदनराज थापा, रत्ननीधि रेग्मी शुक्राचार्य, डा।जीवन अधिकारी, मदन कार्की, जयन्ता पोख्रेल, मेनुका पोखरेल आचार्य, ऋचा, मञ्जुश्री प्रधान, शर्मिला कार्की, पुनम घिमिरे, मुकुन्द पौडेल, त्रिभुवनचन्द्र वाग्ले, उर्मिला पन्त पाण्डेय, रुद्र अधिकारी, प्रकाशमणी दाहाल, राजेन्द्रप्रसाद ढुंगाना, जसध्वज गुरुङ, भुवन शिवाकोटी, जनार्दन अधिकारी, रविन्द्र आशिष शैली, निर्मल पराजुली, मुकुन्द न्यौपाने, ओमप्रसाद कोइराला, रविन्द्र ढुङ्गेल, गणेश प्रसाद खतिवडा, प्रकाश बस्नेत गफाडी, नमराज घिमिरे, कृष्ण पहाडीको सहभागिता रहेको थियो । 
 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार