• शुक्रबार १-१४-२०८१/Friday 04-26-2024
मनोरञ्जन

‘मिस ग्राण्ड इन्टरनेसनल नेपाल’ को आवेदन खुल्ला

काठमाडौं । बलि क्लब ग्रुप बलिउड सोडाउन कम्पनीमार्फत नेपालमा पहिलो पटक ‘मिस ग्राण्ड इन्टरनेसनल नेपाल २०१९’ आयोजना गर्ने भएको छ ।

 

भेनेजुएलामा आयोजना हुने ‘मिस ग्राण्ड इन्टरनेसनल २०१९’ का लागि नेपाली प्रतिनिधि खोज्ने उदेश्यले यो प्रतियोगीता आयोजना हुन लागेको हो । शुक्रबार राजधानीमा एक कार्यक्रमका बीच आयोजक सोडाउन कम्पनीले प्रतियोगीताको आवेदन खुलेको जनाएको हो । 

 

१७ वर्षदेखि २७ वर्षसम्मका न्यूनतम ५ फिट ५ इन्च उचाई भएका नेपाली युवतीले मात्र भाग लिन सक्ने प्रतियोगिताका लागि धरान, धनगढी, चितवन, पोखरा, काठमाडौं लगायत स्थानबाट अडिसनमार्फत २५ प्रतियोगी छानिनेछ ।

 

प्रतियोगितामा सहभागी हुन शुल्क नलाग्ने कार्यक्रममा आयोजकले जानकारी दिएको छ । प्रतियोगिताका लागि आवेदन फाराम अनलाइन (www.missgrandnepal.com) मार्फत भर्न सकिने इप्लानेट प्राइभेट लिमिटेडका अध्यक्ष सन्तोस सापकोटाले बताए ।

 

प्रतियोगिताका बिजेताले भेनेजुएलामा केही समयपछि आयोजना हुने ‘मिस ग्राण्ड इन्टरनेसनल २०१९’ नेपालको प्रतिनिधित्व गर्न पाउनुका साथै बिभिन्न उपहार समेत जित्न सक्ने  अध्यक्ष सापकोटाले जानकारी दिए।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार