• शनिबार १-१५-२०८१/Saturday 04-27-2024
अर्थ

कैलाली हावाहुरी प्रभावितका लागि जनता बैंककको आर्थिक सहयोग

कैलाली । कैलाली जिल्लाको धनगढी आसपासमा आएको  हावाहुरी प्रभावितका  लागि जनता बैंकले आर्थिक सहयोग प्रदान गरेको छ । 

 

धनगढी उपमहानगरपालिकाले संचालन गरेको ‘धनगढी उपमहानगरपालिका प्रकोप ब्यबस्थापन कोष’ लाई बैंकको तर्फबाट रु. १ लाख ५० हजार नगद सहयोग उपलब्ध गराइएको हो ।


 उक्त सहयोग रकमको चेक बैंकको सुदरपश्चिम प्रदेशका प्रादेशिक प्रमुख श्री मुकुन्दप्रसाद भट्टले धनगढी उपमहानगरपालिकाका उप–प्रमुख श्री सुशिला मिश्र भट्टलाई हस्तान्तरण गरेका हुन । उक्त रकम हावाहुरी प्रभावितको पुनःस्थापनाको क्षेत्रममा खर्च गरिनेछ ।

 

  जनता बैंकले संस्थागत सामाजिक उत्तरदायित्वका क्षेत्रमा वित्तीय साक्षरता, शिक्षा, स्वास्थ्य, दैविप्रकोप राहत लगाएत अन्य विभिन्न सामाजिक कार्यहरु समेत गर्दै आइरहेको छ । 
 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार