• शुक्रबार १-१४-२०८१/Friday 04-26-2024
मनोरञ्जन

चलचित्र विकास बोर्डद्धारा दश चलचित्रकर्मी सम्मानित हुँदै 

काठमाडौं । चलचित्र विकास बोर्डले १० चलचित्रकर्मीलाई ‘चलचित्रकर्मी विशेष योगदान सम्मान–२०७६’बाट सम्मान गर्ने भएको छ । चलचित्र विकास बोर्डले स्थापनाकालदेखि अहिलेसम्म विभिन्न क्षेत्रमा योगदान पुर्याएका चलचित्रकर्मीहरुलाई सम्मान गर्न लागेको हो । 

 

चलचित्र विकास बोर्डका सदस्य दयाराम दाहालको संयोजकत्वमा सम्मानित व्यक्तिहरुको चयन कार्य सुरु गरिएको बोर्डले जनाएको छ । १९औं वार्षिकोत्सवको अवसर पारेर असार १६ गते उक्त सम्मान गर्न लागेको हो ।  

 

बोर्डले गत वर्षबाट सुरु गरेको पूराना नेपाली चलचित्र तथा वृत्तचित्रहरुलाई डिजिटलाईजेशन गर्ने कार्य जारी रहेको बोर्ड अध्यक्ष केशव भटट्राईले जानकारी दिए । उनले भने, अहिलेसम्म १० वटा नेपाली कथानक चलचित्र डिजिटलाईजेशन गरिसकिएको  छ । 

 

आमा, परिवर्तन, हिजो आज भोलि, मनको बाँध, बलिउँदो आकाश, के घर के डेरा, सिन्दुर, शान्तिदीप, जीवनरेखा, कुमारीको डिजिटलाईजेशन तथा रेस्टोरेसन गरिएको छ ।

 

आज एक विज्ञप्ती जारी गर्दै बोर्डले , “नेपाली चलचित्रको इतिहास बोकेका यी चलचित्रलाई संरक्षण गरेर भावी पुस्तालाई सुम्पनु पर्ने दायित्व अनुरुप यसलाई डिजिटलाईजेशन गरिएको जनाएको छ
 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार