• शनिबार १-१५-२०८१/Saturday 04-27-2024
देश/प्रदेश

सार्वजनिक यातायातको भाडा तत्काल नबढ्ने (विज्ञप्ति सहित)

काठमाडौं । सरकारले असार १ गतेदेखि लागू हुने गरी सार्वजनिक यातायातमा गरेको भाडा वृद्धि तत्कालका लागि फिर्ता लिएको छ।

 

भाडा बृद्धि भएको कुराको  चौतर्फी आलोचना हुन थालेपछि बिहीबार दिउँसो गरिएको भाडादर बढाउने निर्णय बेलुका फिर्ता लिएको भन्दै विज्ञप्ति जारी गरिएको छ । यातायात व्यवस्था विभागले गरेका तीन वटा निर्णय फिर्ता भएका छन् ।

 

विभागले बिहीबार एक विज्ञप्ति जारी गर्दै उक्त निर्णयहरुमा थप अनुसन्धान गरी ठोस निष्कर्षमा पुग्‍नुपर्ने आवश्यक्ता महसुस भएकोले निर्णय फिर्ता लिने निर्णय गरेको जनाइएको छ । 

 

विभागले बिहिबार नै सबै खाले सवारी साधनमा लागू हुने गरी छोटो दुरीमा १२ प्रतिशत र लामो दुरीमा २० प्रतिशतसम्म भाडा बढाएको थियो। विभागले मेकानिकल पार्टस्को  मूल्य, सवारी साधनको मूल्य, श्रमको दर, इन्धनमा भएको मूल्यवृद्धिलगायतका आधारका भाडादर कायम गरिएको उल्लेख गरेको थियो। 

 

असार एक गतेबाट सार्वजनिक यातायातको भाडा बढाउने, रात्रिकालिन सवारी सञ्‍चालन गर्ने र मालवाहक सवारीलाई दिउँसो समय रोक लगाउने तीन वटा फिर्ता लिएको विज्ञप्तीमा जनाइएको छ । अर्को सूचना प्रकाशित नभएसम्म साविककै भाडादर लागू हुने विभागले स्पष्ट पारेको छ।  

 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार