• शनिबार १-१५-२०८१/Saturday 04-27-2024
देश/प्रदेश

धनुषा नगरपालिकाको कार्यालयमा बम विस्फोट

जनकपुर । धनुषामा गएराति विस्फोट भएको छ । प्रहरीका अनुसार अज्ञात समूहले राखेको प्रेसर कुकर बम विस्फोट भएको अनुमान छ ।

 

विस्फोटबाट नगरपालिका कार्यालयको परिसरमा रहेको सभाहलको पर्खाल भत्किएको छ। बुधबार राति साढे ९ बजेतिर बम विस्फोट भएको प्रहरीले बताएको छ।  विस्फोटलगत्तै राती नै प्रहरी घटनास्थलमा पुगेर अनुसन्धान थालेको इलाका प्रहरी कार्यालय धनुषाका प्रहरी निरीक्षक हिरण कुमार यादवले जानकारी दिए। 

 

उनका अनुसार विस्फोटबाट कुनै मानवीय क्षति भएको छैन । पर्खालमा सामान्य क्षति पुगेको छ । अहिलेसम्म विस्फोटको कसैले पनि जिम्मा लिएका छैनन् । विस्फोटबारे अनुसन्धान भइरहेको प्रहरी निरीक्षक यादवले बताए।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार