• शनिबार १-१५-२०८१/Saturday 04-27-2024
मनोरञ्जन

नेपालकी बुहारी बन्दै बलिउड नायिका श्रद्धा कपुर

एजेन्सी । बलिउड नायिका श्रद्धा कपुरले नेपाली युवकसँग बिहे गर्ने भएकी छिन् । श्रद्धाले अर्को वर्षसम्म आफ्ना प्रेमी श्रेष्ठसँग विवाह गर्न सक्ने भारतीय मिडियाले जनाएको हो ।

 

श्रद्धा गत एक वर्षदेखि रोहनसँग डेट गरिरहेकी मिडियाले उल्लेख गरेको छ। रोहन बलिउडका चर्चित सेलिब्रिटी फोटोग्राफर राकेश श्रेष्ठका छोरा हुन् । रोहनको बुवा राकेश श्रेष्ठ काठमाडौंमा जन्मिएका हुन् ।

 

रोहनको जन्म भारतको मुम्बईमा भएको हो । रोहन र श्रद्धाले स्कुल र कलेज सँगै पढेका थिए । रोहन बलिवुडमा अर्जुन कपुर, वरुण धवन, रणवीर सिंह र रणवीर कपुरसँग अत्यन्त नजिक रहेका छन्।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार