• शुक्रबार १-१४-२०८१/Friday 04-26-2024
अर्थ

भारतीय भन्सारले सयौँ ट्रक नाकामा रोक्यो

बाँके । भारतीय भन्सारले अनलाइन सेवामा समस्या देखिएको भन्दै पेट्रोलियम पदार्थ बोकेका १४० वटा ट्याङ्कर रुपैडिया नाकामा रोकेको छ । 

 

अनलाइन सेवामा समस्या देखिएको भन्दै  ट्याङ्करसँगै फलफूल र तरकारी बोकेका दर्जन बढी ट्रक, पेट्रोलियम पदार्थ बोकेका १४० वटा ट्याङ्कर रुपैडिया नाकामा रोकिएका हुन ।

 

भारतीय भन्सारसँग समन्वय भइरहेको र सर्भरमा समस्या देखिएकोले  रोकिएको नेपालगञ्ज भन्सार कार्यालयका भन्सार अधिकृत शरदकुमार केसीले जानकारी दिएका छन ।

 

भारतले भन्सारमा अनलाइन प्रविधि लागू गरे संगै  पटक –पटक नाकामा अवरोध गर्दै आएको केसीले बताए । नेपाल आयल निगम इन्धन डिपो नेपालगञ्जका प्रमुख अभिशेखकुमार ठाकुरले पेट्रोलियम पदार्थ बोकेका ट्याङ्कर भित्र्याउन पहल भइरहेको बताए ।

 

ट्याङ्कर भित्र्याउन वैकल्पिक उपायका बारेमा समेत छलफल भइरहेको ठाकुरले बताए ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार