काठमाडौंमा घरेलु उद्योग महोत्सव–२०७५ सुरु (फोटो फिचर)
काठमाडौं । १५ औं अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सव २०७५ सुरु भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले महोत्सवको उद्घाटन गरेकी हुन् ।
नेपाल सरकार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, लघु, घरेलु तथा साना उद्योग विकास कोष, व्यापार तथा निकासी प्रवद्र्धन केन्द्र, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, राष्ट्रपति महिला उत्थान कार्यक्रम, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, काठमाडौं महानगरपालिका, वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रसँगकोे सहकार्यमा यस प्रदर्शनी आयोजना गरिएको हो ।
५ दिनसम्म चल्ने मेलामा २ सय ५ वटा स्टल छन् । उपत्यका बाहिरका ५२ जिल्लाका ८० उद्योगहरु सहभागी रहेको मेलामा चीन, भारत र बंगलादेशका गरी ४५ वटा अन्तर्राष्ट्रिय स्टल रहेका छन् । ५ दिनको अवधिमा करिब ४ लाख ५० हजारले अवलोकन गर्ने र झण्डै १५ करोडको कारोबार हुने अपेक्षा गरिएको छ ।
मेलामा हस्तकलाका सामान, नेपालमै उत्पादन भएका तयारी पोशाक, विभिन्न महिला उद्यमीले उत्पादनका गरेका खाद्य सामाग्री राखिएका छन्। बंगलादेशमा बनेको साडी र तयारी पोशाक छन्। चीनमा उत्पादन भएको भाँडाकुडा र चकलेट राखिएका छन्।
तस्वीर : अरिष्मा लामा
सम्बन्धित समाचार
प्रतिकृया दिनुहोस