• शुक्रबार १-१४-२०८१/Friday 04-26-2024
देश/प्रदेश

कर्मचारी समायोजन प्रकृयाः संघमा आकर्षण, प्रदेश र स्थानीय तहमा अभाव

काठमाडौं । समायोजन भएका अधिकांस कर्मचारीले संघलाई रोजेका  छन् । तीन तहको सरकार बनेसँगै कर्मचारी समायोजनामा सकस हुँदा स्थानीय र प्रदेश सरकारले काम गर्न नसकेको गुनासो पनि बढेको छ । 

 

हालसम्म ७ हजार ३ सय ४१ कर्मचारी समायोजन प्रकृयामा आएका छन् । त्यी मध्ये ५ हजार ६ सय ९१ जना कर्मचारी संघमा नै समायोजन भएका छन । ९ सय ७ जना प्रदेशमा र ७ सय ४३ जना स्थानीय तहमा समायोजन भएका छन ।

 

कुल ७७ हजार ३४ जना कर्मचारीले समायोजनमा जान फारम भरेका थिए । त्यसमध्ये ३५ हजार ३ सय ६४ जनाले संघमै रहने गरी समायोेजन रोजेका छन ।


सरकारले केन्द्रमा ४९ हजार ९ सय २० जनाको दरबन्दी स्वीकृत गरेको छ । यता १३ हजार कर्मचारीले समायोजन फाराम भरेका छैनन् । हालसम्म सचिव, सहसचिव, उपसचिवको समायोजन पूर्णरुपमा सकिएको छ । ५७ सचिव सबैको संघमा समायोजन गरिएको छ । ६ सय ७६ सहसचिवमध्ये संघमा ५ सय ७४ र प्रदेशमा १ सय २ जना समायोजन भएका छन् । स्थानीय तहमा भने सहसचिवको दरबन्दी छैन ।

 

२ हजार ६ जना उपसचिवको समायोजन भएको छ । सो मध्ये संघमा १ हजार ५ सय ३१, प्रदेशमा २ सय ३७ र स्थानीय तहमा २ सय ३८ जना समायोजन भएका छन् । यसै गरी अधिकृततर्फ प्रशासन समूहका २ हजार ३ सय ४१ जना संघमा, ३ सय ७१ जना प्रदेशमा र १ सय ७८ जना स्थानीय तहमा समायोजन भएका छन्।

 

लेखा समूहतर्फका १ सय ६० जना उपसचिव संघमा समायोजन भएका छन् । प्रदेश र स्थानीय तहमा भने ७÷७ जना समायोजन भएका छन् । राजस्वतर्फ १ सय ५२ जना उपसचिव संघमा समायोजन हँुदा प्रदेशमा समायोजन हुनेको संख्या १४ रहेको छ ।

 

त्यसै गरी लेखा समूहका ६ सय १० जना अधिकृत संघमा समायोजन भएका छन् । लेखा समूहका अधिकृत प्रदेशमा भन्दा धेरै स्थानीय तहमा समायोजन भएका छन् । स्थानीय तहमा ३ सय २७ र प्रदेशमा १ सय ९५ जना लेखा अधिकृतलाई समायोजन गरिएको छ । राजस्वतर्फ ५ सय ८० अधिकृतमध्ये प्रदेशमा २ जना मात्र समायोजन भएका छन् । बाँकी सबै ५ सय ७८ जना लेखा अधिकृत संघमै रहेका छन् ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार