• शुक्रबार १-१४-२०८१/Friday 04-26-2024
मनोरञ्जन

 रगुन गुरुङ र मेलिनाको नयाँ गीतको लिरिक्स भिडियो सार्वजनिक

काठमाडौं । मोफसलमा बसेर गीत–संगीतलको सिर्जनामा निरन्तर लागिरहेका रगुन गुरुङले नयाँ गीत यूट्यूबमार्फत सार्वजनिक गरेका छन् ।

 

‘आफ्नोपन’ एल्बममा समेटिएको ‘झुकाइ आँखा, प्रितीको भाका’ बोलको प्रेमिल गीतको लिरिक्स भिडियो सार्वजनिक गरिएको हो ।

 

गीतमा रगुनलाई चर्चित गायिका मेलिना राईले साथ दिएकी छिन् । विपिन किरणले रचना गरेको गीतलाई नारायण सुवेदीले संगीत भरेका छन् ।

 

किरण क्रिएशनले प्रस्तुत गरेको गीतको उक्त एल्बम माघको दोस्रो साता विमोचन गर्ने र चाँडै अफिसियल भिडियो पनि बनाउने रगुनको योजना छ ।


 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार