• शुक्रबार १-१४-२०८१/Friday 04-26-2024
देश/प्रदेश

बेहुली लिएर घर फर्किएको स्कार्पियो दुर्घटना, ६ जनाको मृत्यु दुई घाइते 

काठमाडौं । पूर्व पश्चिम राजमार्ग अन्तर्गत दाङको रिहार नजिकै बेहुली लिएर घर फर्कदै गरेको स्कार्पियो र यात्रु बाहक बस एकआपसका ठोकिँदा ६ जनाको मृत्यु भएको छ भने थप दुई जना गम्भीर घाईते भएका छन् ।

 

लमही नगरपालिका वडा नम्बर ९ रिहारस्थित गाजवास भन्ने स्थानमा बिहीबार बिहान साढे १ बजे चितवनबाट बेहुली लिएर बाँकेस्थित समशेरगञ्ज घरतर्फ जाँदै गरेको बा १२ च ३१२२ नम्बरको स्कारपियो र पश्चिम महेन्द्रनगरदेखि पूर्वतर्फ जाँदै गरेको ना ५ ख ४०९० नम्बरको यात्रुबहाक बस एक आपसमा ठोकिँदा उक्त दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ।

 

उक्त दुर्घटनामा परि स्कारपियोमा सवार बेहुलाका बुवा, आमा र ५ बर्षीय भतिजाको घटनास्थलमै मृत्यु भएको भएको छ।

 

प्रहरीले दिएको जानकारी अनुसार दुर्घटनामा परि राप्ती सोनारी गाउँपालिका वडा नं। ८ सम्शेरगञ्ज निवासी दुलाहाका बुवा ५३ वर्षीय मानबहादुर केसी, आमा ४५ वर्षीया विमला केसी, भतिजा ५ वर्षीय प्रबिण केसीको मृत्यु भएको छ।

 

त्यस्तै सोही ठाउँकै ४९ वर्षिय विश्व अधिकारी, ३१ वर्षीय दिपकुमार खड्का र कोहलपुर नगरपालिका वडा नं। १३ का ७८ वर्षीय दत्तबाहदुर खत्रीको पनि मृत्यु भएको छ । सोही दुर्घटनामा परी स्कार्पियो चालक सम्शेरगञ्जकै २१  बर्षीय यमबहादुर राना र सम्शेरगञ्जकै ४५ वर्षीया गीतादेवी खत्री पनि घाईते भएका छन्।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार