• शनिबार १-१५-२०८१/Saturday 04-27-2024
अर्थ

अन्तराष्ट्रिय लियो सम्मेलनमा पर्यटन वर्ष २०२० को निम्ता

काठमाडौं । कास्कीको धम्पुसमा आयोजना भएको ‘निवेदिता कलर दि ड्रिम अन्तराष्ट्रिय लियो सम्मेलन २०१८’ पाहुनालाई पर्यटन वर्ष २०२० कोे चुले निम्ता दिंदै समापन गरिएको छ ।

 

लायन्स क्लब अन्तर्रािष्ट्रयअन्तर्गत रहेर विभिन्न सामाजिक कार्य गर्दै अएको लियो जिल्ला परिषद् ३२५ बी १ नेपालले पोखरामा अन्तर्रािष्ट्रय लियो सम्मेलनको आयोजना गरेको थियो ।

 

युवा नेतृत्व तथा व्यक्तित्व विकास, कला संस्कृति प्रचारप्रसार, भ्रातृत्व र नेपाल भ्रमण वर्ष–२०२० प्रवद्र्धनका लागि समेत लक्षित गरेर सम्मेलन आयोजना गरिएको हो ।

 

अन्तराष्ट्रिय पाहुनाहरुलाई पर्यटन वर्ष २०२०को चुले निम्ता दिएर सम्मेलनको समापन गरिएको जिल्ला परिषद् अध्यक्ष लियो विशाल रिजालले जानकारी दिए ।

 

उनका अनुसार सम्मेलनमा भारत, बंगलादेश, इन्डोनेसिया, पाकिस्तानलगायत एसियाली तथा युरोपेली राष्ट्रबाट समेत गरेर पाँच सय बढी प्रतिनिधि सहभागी थिए ।

 

कार्यक्रममा प्रशिक्षकका रूपमा बेलायतबाट प्रमाणडित सुजय पौल, भारत हरियाणामा ‘रही द इन्स्पिरिङ टक’ कार्यक्रम चलाइरहेका विजय गौतमलगायत नेपाली प्रशिक्षकले समेत सहभागीहरुलाई विविध विषयमा प्रशिक्षण दिएका थिए ।

 

सम्मेलनमा भाग लिन आएका अन्तर्रािष्ट्रय प्रतिनिधिलाई काठमाडौं उपत्यकाका पर्यटकीयस्थलसहित लुम्बिनी, पोखरालगायतका पर्यटकीय गन्तव्यसमेत अवलोकन गराइएको आयोजक संस्थाका सदस्य लियो प्रकाश थापा क्षत्रीले जानकारी दिए ।

 

कार्यक्रमको उद्घाटन गण्डकी प्रदेशका उद्योग तथा पर्यटन मन्त्री विकास लम्सालले उद्घाटन गरेका थिए ।

 

कार्यक्रममा प्रशिक्षणपछि विभिन्न पहिचान झल्किने सांस्कृतिक कार्यक्रमहरु समेत प्रदर्शन गरिएको थियो ।  सो कार्यक्रमका लागि काठमाडौंबाट नेपग्याजम समूहका कलाकार उमेश गौतम र डोरेस खतिवडा पुगेका थिए ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार