• शनिबार १-१५-२०८१/Saturday 04-27-2024
मनोरञ्जन

किम्फमा ‘अ थाउजन्ड गर्ल्स लाइक मी’ उत्कृष्ट 

काठमाडौं । काठमाडौं इन्टरनेशनल माउन्टेन फिल्म फेस्टिवल (किम्फ) को सोहौं संस्करणमा अन्तर्राष्ट्रिय  तर्फको प्रथम पुरस्कार साहरा मनिको ‘अ थाउजन्ड गल्र्स लाइक मी’ ले जितेको छ । फिल्मले अमेरिकी डलर १ हजार ५ सय जितेको छ ।  

 

त्यस्तै अरुण भट्टराई र डोरोत्यो जुर्बोको ‘द नेक्स्ट गार्डियन’ दोस्रो भएको छ । फिल्मले १ हजार डलर पाएको छ । मिक्लास कल्सटोर्म र मार्टिनी कार्टिनेमको ‘इस्टर्न मेमोरिज’ ले तेस्रो हुँदै ५ सय डलर जितेको छ । 

 

नेपाल पानोरामातर्फ आख्यानमा अविनास विक्रम शाहको ‘तटिनी’ र गैरआख्यान विधामा विद्या चापागाईं र कमल कुमारको ‘मरिसकेको मान्छे’  उत्कृष्ट हुँदै क्रमश एक लाख र ७५ हजार रूपैयाँको नगद पुरस्कार जितेको छ भने मुनमुन धलेरियाको  ‘एन अनसर्टेन विन्टर’ उत्कृष्ट पर्वतीय फिम हुँदा  प्रसुना डंगोलको ‘डोल्पा डायरी’ फिल्म उत्कृष्ट साहसिक फिल्म घोषित भयो। दुबै फिल्मले १(१ हजार अमेरिकी डलरको नगद पुरस्कार पाए।

 

यस्तै छोटो फिल्म ‘सुपर मङ्क’ सर्वाधिक दर्शकहरूको रोजाइमा पर्दै ‘अडियन्स अवार्ड’ जित्न सफल भयो । फिल्मले अवार्डसँगै ५० हजार रुपैयाँको नगद जितेको छ।

 

अष्ट्रेलियाली डिरेक्टर जेनिफर पिडमको माउन्टेन फिल्मबाट  किम्फको  सुरुवात भएको थियो ।  यो वर्ष पनि किम्फमा वृत्तचित्र, कथानक चलचित्र, लघु चलचित्र, प्रयोगवादी र एनिमेसन फिल्महरू देखाइएको थियो । 

 

‘वुमन मुभ माउन्टेन्स’ नारा रहेको  किम्फमा यसपटक नेपाल लगायत ३१ वटा देशहरुका ७० भन्दा बढी फिल्महरु देखाइएको थियो । 
 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार