• शुक्रबार १-१४-२०८१/Friday 04-26-2024
मनोरञ्जन

आयो गायक घिसिङको ‘लाइसेन्स ठेक्का’ (भिडियो सहित) 

काठमाडौं ।  गायक अविनास घिसिङको लाइसेन्सको ठेक्का (डम्फू) बोलको गीत सार्वजनिक भएको छ । युट्युब मार्फत सार्वजनिक गरिएको गीतमा अविनाशसँगै गायिका मुना पाख्रिनले स्वर दिएकी छिन् ।

 

गीतमा अविनास र मुना कै शब्द तथा संगीत रहेको छ । गायक भरत सिटौलाको निर्देशनमा तयार भएको गीतको भिडियोलाई हाइलाइट्स नेपालले युट्युब मार्फत् सार्वजनिक गरेको हो ।  गीतको म्युजिक भिडियोमा भने अविनाश र मान्सी लामाले अभिनय गरेका छन् । 

 

राजिव समरको नृत्य निर्देशित भिडियो अनिल के. मानन्धरले छायांकन र सुप्रिम पराजुलीले सम्पदान गरेका हुन् । यसअघि घिसिङको‘ ‘कलकत्ते काँइयो’ रिमिक्स गीतलाई धेरैले रुचाउनुका साथै दर्शकमाझ गीतले एकदमै चर्चा बटुलेको थियो ।

 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार