• शनिबार १-१५-२०८१/Saturday 04-27-2024
मनोरञ्जन

‘बोलाउ तिमी’मा रिमा र लक्षुको रोमान्स (भिडियो सहित)

काठमाडौं । गायक बादल लिम्बुको नयाँ गीत ‘बोलाउ तिमी’को भिडियो सार्वजनिक भएको छ । लोकप्रिय  गायिका अन्जु पन्त र बादल लिम्बुको युगल गायन रहेको गीतमा बादल लिम्बुको संगीत रहेको छ । गीतका शब्द भद्रकला आङबुहाङ राईले लेखेकी हुन् । 

 

पार्श्व गायन बाट आफ्नो संगीत यात्रा सुरु गरेका गायक लिम्बुको  चलचित्र होमवर्कमा समावेश ‘हराए म तिम्रो’ बोलको गीत चर्चित छ । यस आघि १  सय भन्दा बढी गीतमा आफ्नो संगीत दिएका लिम्बुले गायक राजेश पायल राईको दर्शन नमस्ते ४ एल्बममा रहेको गीतमा समेत संगीत दिएका छन ।


पहिलो नेपाली आइडल समेत रहेका गायक लिम्बुको स्वरमा ५० भन्दा बढी गीत सार्वजनिक भैसकेका छन ।

 

‘बोलाउ तिमी रोमान्टिक’ लभ सङ हो ।  भिडियोमा ळक्षु शर्मा, प्रकाश शर्मा र हाल कमेडी च्यामपिएन शो मा होस्टका रुपमा रहेकी नायिका तथा मोडेल रिमा विश्वकर्माको अभिनय रहेको छ ।

 

 बियोण्डको निर्देशनमा बनेको भिडियोमा एकदेव लिम्बु सहायक निर्देशकका रुपमा रहेका छन । भिडियोमा बिकाश मगरको छायांकन तथा सम्पादन रहेको छ । 

भिडियो :

 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार