• शुक्रबार १-१४-२०८१/Friday 04-26-2024
देश/प्रदेश

आजदेखि भारतसँग सीमा जोडिएको झुलाघाट सीमा नाका बन्द

 

बैतडी । भारतसँग सीमा  जोडिएको बैतडीको झुलाघाट नाका आजदेखि चार दिनका लागि बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय बैतडीका अनुसार आजदेखि मङ्सिर ९ गतेसम्म झुलाघाट नाका बन्द हुने लागेको हो । 

 

यही मङ्सिर ८ गते (नोभेम्बर २५ तारिख) मा भारतमा विधानसभाको उपनिर्वाचन हुन लागेकाले सुरक्षा संवेदनशीलता कारण जनाउँदै आज साँझ ५ बजेदेखि मङ्सिर ९ गते साँझ ५ बजेसम्म सीमानाका बन्द हुने जनाइएको छ ।

 

 सीमा बन्द रहेको अवधिमा आकस्मिक रुपमा खोल्नुपरेमा आपसी सहमतिमा खोल्न सकिने सहायक प्रजिअ लोकेन्द्र सिंह नेगीले जानकारी दिएका छन ।  

 

यसअघि गत असोज १८ गते  भारतको पिथौरागढमा  जिल्ला पञ्चायत तथा ग्राम पञ्चायत सदस्य निर्वाचन हुँदा पनि असोज १६ देखि असोज १८ गते तीन दिनसम्म झुलाघाट नाका बन्द गरिएको थियो । 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार