• शनिबार १-१५-२०८१/Saturday 04-27-2024
देश/प्रदेश

उच्च अदालतमा १५ न्यायाधीश सिफारिस

काठमाडौं । न्याय परिषदले उच्च अदालतका न्यायाधीशका लागि १५ जनाको नाम सिफारिस गरेको छ ।

 

न्याय परिषदका अध्यक्ष एवम् प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणाको नेतृत्वमा बुधबार बसेको परिषदको बैठकले १५ जना न्यायाधीश  सिफारिस गर्ने निर्णय गरेको हो । बैठकले जिल्ला न्यायाधीशबाट ६ जना, महान्यायाधीवक्ता कार्यालयमा कार्यरत सहसचिवबाट १ जना र अधिवक्ताबाट ८ जनालाई उच्च अदालतमा सिफारिस गरेको हो।

 

उच्च अदालतका लागि जिल्ला न्यायाधीशका रूपमा ५ वर्ष काम गरेकोलाई वा अधिवक्ताको रूपमा निरन्तर कम्तीमा १० वर्ष वकालत गरेको वा कानुनको क्षेत्रमा निरन्तर १० वर्ष अध्यापन/अन्वेषण गरेको वा राजपत्राङ्कित प्रथम श्रेणीको कर्मचारीको रूपमा कम्तीमा ५ वर्ष काम गरेको व्यक्तिलाई उच्च अदालतको न्यायाधीश नियुक्ति गर्नुपर्ने संवैधानिक व्यवस्था छ ।

 

उच्च अदालतको न्यायाधीशका लागि सिफारिस हुनेहरुको सूची :

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार