• शुक्रबार १-१४-२०८१/Friday 04-26-2024
मनोरञ्जन

यी हुन मंसिर महिनामा प्रदर्शनमा आउने चलचित्र

 

च च हुई

 

मंसिर ६ गतेबाट प्रदर्शनमा  हुन लागेको चलचित्र ‘च च हुई’ मा कमेडी जनराको चलचित्र हो । विदेशमा काम गरिरहेका दुई यूवालाई एउटा पुस्तकले ल्याउने उतारचढावको कथामा चलचित्र बनेको छ । मानिसको जिन्दगीको पिङमा हुने च च हुईलाई चलचित्रको पर्दामा देखाइएको छ । साम्तेन भुटियाले चलचित्रको सम्पादन तथा निर्देशन गरेका हुन् । एजीएल इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको चलचित्रलाई अमृत घोलेले निर्माण गरेका हुन् ।

 

चलचित्रमा सुशन प्रजापतिको छायांकन, सिजन दाहाल र सन्देश अर्यालको पटकथा छ । यस्तै, चलचित्रमा राजनराज सिवाकोटी र रोशन थापाको संगीत, श्री श्रेष्ठको एकसन, शिशिर खातीको कोरियोग्राफी छ । चलचित्रमा आर्यन सिग्देल ,भोला सापकोटा र  माओत्से गुरुङको भरपुर कमेडी रहेको छ भने नायिका मीरुना  मगरलाई हिमाली भेगकी युवतीको रुपमा देख्न सकिन्छ । चलचित्रमा आर्यन सिग्देल, भोलाराज सापकोटा, मिरुना मगर, माओत्से गुरुङ, आर्जेस रेग्मी, सुलक्षण भारती लगाएतका कलाकारहरुको अभिनय रहेको छ । 


प्रेम संसार

 

प्रेम बहादुर सुनारको प्रस्तुतिमा तयार भएको चलचित्र ‘प्रेम संसार’ लाई राम गौतमले निर्देशन गरेका हुन् । चलचित्रमा प्रेम बहादुर कै कथा, लेखन तथा निर्माण छ । चलचित्रमा प्रेम सोनी, कबिता नेपाली, आयुष्मा कार्की , मोनिका दाहाल बिबिशा पाण्डे,राम गौतम अर्जुन पौडेल, करण पौडेल,सुनिल बिक, यम बहादुर बिक,बिजय सुनार टंक मरासैनी, किशोर पाण्डे, लगाएतका कलाकारको अभिनय रहेको छ ।

 

सोनी फिल्म्सको प्रस्तुतिमा राम गौतमको निर्देशन रहेको चलचित्रमा अर्जुन पोख्रेल र बिबि अनुरागीको संगीत, शंकर महर्जनको एक्सन, एकेन्द्र सारा शंकर र राम गौतमको कोरियोग्राफी ,दिपेन्द्र बस्न्यातको छायांकन रहेको छ ।  ‘प्रेम संसार’ पारिवारिक प्रेमकथामा आधारित  चलचित्र हो ।


१२ सत्ताइस

 

चलचित्र ‘१२ सत्ताइस’ लाई जोन योञ्जनले निर्देशन गरेका हुन । समीर श्रेष्ठ, अभिषेक नेपाल, काजी राना, अस्मिता लामिछाने, सम्रान्त थापा, अभोनराज उप्रेती, भीष्म जोशी, अस्मिता खनाल, बिना कार्की, धर्मेन्द्रध्वज मल्ल, करन साउँद लगायतका कलाकारको चलचित्रमा मुख्य भूमिका रहेको छ ।

 

समसामयिक विषयवस्तु समेटिएको चलचित्रलाई ह्याप्पी प्लानेट फिल्मस् र कमेरो स्क्रिनले निर्माण गर्न लागेको हो । चलचित्र मंसिर २७ गतेदेखि प्रदर्शनमा आउने छ ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार