• शुक्रबार १-१४-२०८१/Friday 04-26-2024
देश/प्रदेश

नेपाल-भारत सीमाविवादको समाधान संवादबाट टुंग्याउ : चीन

काठमाडौं । चीनले नेपाल र भारतबीचको जारी सीमा विवादका विषयमा पहिलोपटक औपचारिक प्रतिक्रिया जनाएको छ । भारतले हालै जारी गरेको नयाँ नक्सामा नेपाली भूमि कालापानी क्षेत्र आफ्नोतिर पारेको छ । नेपालमा त्यसको चर्को विरोध भइरहेको छ ।

 

नेपालको सार्वभौमसत्ता र भौगोलिक अखण्डताको सम्मान गर्दै छिमेकी मूलुक चीनले नेपाल र भारतबीच मैत्रीपूर्ण संवादबाट सुल्झाउनुपर्ने जनाएको छ । चिनियाँ दूतावासका प्रवक्ताका तर्फबाट बिहीबार साँझ जारी विज्ञप्तिमा नेपाल र भारतले मैत्रीपूर्ण परामर्श र सम्वाद मार्फत् कालापानी माथिको बिवाद समाधान गर्ने उल्लेख गरिएको छ । 

 

नेपालको सार्वभौमिकता र भौगोलिक अखन्डताको चीनले सदैव सम्मान गर्ने विज्ञप्तिमा जनाइएको छ । चीनले पनि नेपाली भू–भाग अतिक्रमण गरेको भन्दै गरिएको दाबी आधारहीन भएको उसको भनाइ छ । सन् १९६१ मा भएको सीमा सन्धीको आधारमा सीमा तय भएको र सोही बमोजिम सीमांकन भएको पनि चीनले जनाएको छ ।

 

चिनियाँ राष्ट्रपति सी चिनफिङको अघिल्लो महिनाको नेपाल भ्रमणका बेला सीमा व्यवस्थापन प्रणालीमा हस्ताक्षेर  गरेको भन्दै चीनले सीमा क्षेत्रमा हुने बाह्यि हस्तक्षेपलाई निर्मुल पार्न नेपालसँग थप सहकार्य गर्न चाहेको समेत बताइएको छ। नेपाल र चीनबीचको सम्बन्धलाई बिगार्ने प्रत्यन सैह्य नहुने चीनको भनाइ छ। 
 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार