• शुक्रबार १-१४-२०८१/Friday 04-26-2024
मनोरञ्जन

स्वरकी धनी गायिका लता मंगेशकर अस्पताल भर्ना

मुम्बई । भारतीय गायिका लता मंगेशकरलाई अस्पताल भर्ना गरिएको छ। छातीमा इन्फेक्सन भएपछि उनलाई अस्पताल भर्ना गरिएको भारतीय संचारमाध्यमले जनाएका छन्। 

 

सोमबार बिहान २ बजे उनलाई श्वासप्रश्वासमा समस्या आएपछि मुम्बाईको ब्रिच क्यान्डी अस्पताल लगिएको हो । स्वास्थ्यामा केही जटिलता देखिएपछि उनलाई आईसियूमा राखेको भए पनि अहिले उनको स्वास्थ्यमा सुधार देखिएको अस्पताल स्रोतले बताएको छ ।

 

हजार बढी गीतमा आफनो स्वर दिइसकेकी मंगेशकरलाई २००१ मा सर्वोच्च नागरिक सम्मान र भारत रत्नबाट पनि सम्मानित गरिसकेको छ । एजेन्सी

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार