‘अहिले मिथिला आर्टले धेरै प्रगती गरेको छ’
जापानको यात्रा
म आफनो सोलो मिथिला आर्टको चित्रकला प्रदर्शनी लिएर जापान गएकी थिए । सेप्टेम्वर १२ देखि अक्टोवर १२ सम्म प्रदर्शनी चलेको थियो । प्रदर्शनी मैले सोचेको भन्दा पनि एकदमै राम्रो भयो । मैले ४० वटा डिस्टीले चित्रकला बनाएकी थिए । त्यसमा क्यानभास, पेपर कपडाहरुमा मैले चित्रकला बनाएकी थिए । मैले व्याच, टिर्सटहरु पनि प्रदर्शनीमा राखेकी थिए । अरु मैले त्यहाँ अर्डर अनुसार चित्रकला बनाएर पनि बेचे । प्रदर्शनीमा राखेका सबै चित्रहरु बिक्रि भए । जापानमा सबैले मेरो चित्रकलालाई रुचाई दिनुभयो । त्यहाँ मैले चित्रकला सम्बन्धी तालिम पनि दिए । जापान यात्रा मेरो लागी एउटा भिन्न र बेग्लै अनुभव थियो ।
मिथिला आर्ट
मिथिला आर्ट सजिलो हिसाबमा भन्ने हो भने घरको सजावटको रुपमा पनि लिन सकिन्छ । यसलाई पौराणिक रुपमा हेर्ने हो भने, जतिबेला भगवान राम र सिताको विवाहको पालामा भगवान राम जब सितालाई बिवाह गर्न जनकपुर लिन आएका थिए, त्यतिबेला यहाँका महिलाहरुले आफनो घर दैलो मिथिला आर्ट पुरै सजाएका थिए । त्यतिबेला देखि नै मिथिला आर्ट शुरु भएको थियो । तर यो केही समय पछि लोप भयो, हरायो । भारतमा भने यसको एकदमै चर्चा थियो । भारतमा यो एकदमै प्रचलित भएको थियो । हाम्रो नेपालमा जहाँदेखि यसको शुरुवात भयो त्यसको खासै मतलब गरिएन । अब यही कुराहरुलाई हामीले फेरी गर्ने प्रयासमा छौं । अहिलेको पिडिलाई मिथिला आर्टबारे धेरै कुराहरु सिकाउन जरुरी छ । अहिले हामीले मिथिला आर्टमा लोप भएका कुराहरुलाई चित्र मार्फत बाहिर ल्याउने कोशिस गरिरहेका छौं र केही मात्रामा सफल पनि भएका छौं ।
कति चित्रकला
म २००६ देखि यो क्षेत्रमा लागेकी हुँ । मैले धेरै चित्रकला बनाएकी छु । कति भए भनेर संख्या भन्न नै सक्दिन । बच्चा बेला हाम्रो आमा बुवा, हजुरबुवा हजुरआमा माटोको घरमा चित्रकला बनाउने काम गर्नु हुन्थ्यो । त्योबेला अहिलेको जस्तो थिएन । त्यति कर्लरहरु पनि थिएन । चित्रकला डिजाइन गरेर बनाउने पनि गरिन्थ्यो । त्यतिबेला माटोको बनाउने गरिन्थ्यो ।
बिभिन्न चित्रकला
यसमा चाडपर्वका कुराहरु आउँछ । अतित, वर्तमान र भविष्यका कुराहरु आउँछ । यसमा अहिले तत्कालको वर्तमानका कुराहरु आउँछ । म पहिला र अहिलेका महिलाहरुको अवस्थाका बारेमा पनि चित्रकलाहरु बनाइरहेकी छु । अरु पौराणिक कथाहरुको चित्रकला । म भगवान राम–सिता, कृष्ण, बुद्ध, गणेशाहरुको पनि चित्रकलाहरु हामी बनाउँछौं । हामी अहिले पहिलाका कुराहरुलाई चित्र मार्फत यो समाजलाई हेराउन खोज्छौं । हामीले बनाएको चित्रकलालले उनीहरुको लागी केही राम्रो सन्देश जाओस् भन्ने हाम्रो सोच हो ।
चित्रकलाबाट कमाई
मैले पैसा भन्दा पनि चित्रकलाबाट दर्शकको माया कमाएकी छु । म पैसा कमाउने सोचले यस क्षेत्रमा लागकी भए अवश्य कमाउँथे होला तर जब म अमेरिका गए त्यतिबेला मैले त्यहाँ ‘कमन ग्राउण्ड अर्वाड’ २०१६ मा पाएकी थिए । यदि मलाई त्यसबेला पैसाको लोभ नै हुने थियो भने म अवश्य अमेरिका बस्थे होला । मेरो लागी त्यहाँ कामहरु पनि थिए । तर मलाई आफनै देशमा केही गर्नु थियो । यहाँ महिलाहरुले केही पनि गर्न सक्दैनन् भन्ने धेरैको सोच छ । मलाई यहाँ नै केही गरेर देखाउनु थियो र म आफनै देशमा केही गर्न चाहन्छु र गर्दै पनि छु ।
चित्रकलाको बजार
अहिले मिथिला आर्टमा पहिला भन्दा धेरै नै प्रगती भएको छ । यसको बारेमा हल्ला खल्ला पनि धेरै नै भएको छ । पहिला मैले यसमा काम गर्दा मलाई आफै पनि लाग्थ्यो कि बरु जागिर खानु नै राम्रो हुन्थ्यो होला । तर मिथिला आर्ट बारे बिस्तारै बिस्तारै कुराहरु फैलिँदै गयो । मिडियाहरुले पनि यो आर्टलाई बाहिर चिनाउन धेरै नै सहयोग गर्नुभएको छ । पहिला मिथिला आर्ट ५ प्रतिशत पनि थिएन भने अहिले यो ५० प्रतिशतमा आईसकेको छ ।
दर्शकको भनाई
तिमी किन मिथिला आर्टमा लागेको भनेर धेरैले बिरोध पनि गरे । यसमा लाग्नु भन्दा बरु जागिर खाएको भए हुन्थ्यो पनि भने । कति चाँहि तपाई बिदेश घुम्नु भयो मलाई पनि संगै लिएर जानुहोस् भनेर पनि आउँछन् । यी त्योबेलाको कुरा थियो तर अहिले समय बदलिएको छ । अहिले मैले गरेको कामहरु देखेर सबै म प्रति गर्व गर्छन ।
प्रतिकृया दिनुहोस