गरिमा धान लगाएका पीडित किसानलाई सरकारले क्षतिपूर्ति दिने
काठमाडौं । गरिमा धानमा बाला नलागेपछि पीडित किसानलाई सरकारले क्षतिपूर्ति दिने भएको छ ।
प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको शुक्रबारको बैठकमा कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सहसचिव रघुराम विष्टले गरिमा धानले बाला नहालेपछि पीडित बनेका किसानलाई क्षतिपूर्ति दिइने बताएका हुन्।
गरिमा जातको धानमा बाला नलागेपछि भएको क्षतिबारे अध्ययन गर्न मन्त्रालयले समिति गठन गरेको उल्लेख गर्दै सहसचिव विष्टले प्रतिवेदन आएपछि क्षतिपूर्ति दिइने बताए। एक महिनाभित्र समितिले मन्त्रालययमा प्रतिबेदन बुझाउने पनि उनले बताए। किसानले बीउ खरिदमा गरेको लगानी, श्रम, उत्पादन आदिको मूल्यांकन गरेरमात्र क्षतिपूर्ति दिइने विष्टको भनाई थियो।
सनराइज एग्रीकल्चर रिसर्च सेन्टर प्रालिले भारतको हैदरावादस्थित रिनोभा सिड साइन्स इन्डिया प्रालिबाट गरिमा जातको वर्णश्रंकर जातको धान आयात गरी बिक्री वितरण गरेको थियो ।
यो धानको जातीय गुणअनुसार ९० देखि ९५ दिनभित्र ५० प्रतिशत फूल खेल्नुपर्ने र १२५ दिनभित्र उत्पादन भइसक्नुपर्ने थियो । तर गरिमा धान लगाएका विभिन्न जिल्लामा बाला नहालेपछि किसानहरुले धान काटेर अर्को बाली लगाउने तयारी गरेका छन् ।
नेपालमा कञ्चनपुर, कैलाली, बाँके, बर्दिया, कपिलवस्तु, तनहुँ, नवलपरासी पूर्व र पश्चिम चितवनका केही भागमा यो जातको धान लगाइएको थियो ।
सम्बन्धित समाचार
प्रतिकृया दिनुहोस