• शुक्रबार १-१४-२०८१/Friday 04-26-2024
देश/प्रदेश

जितिया पर्व हर्षोलासपूर्वक मनाईंदै

काठमाडौं । मध्यतराईका बारा, पर्सा, रौतहतलगायतका जिल्लाहरुका थारु र मैथिली समुदायका महिलाहरुले जितिया पर्व हर्षोलासपूर्वक मनाईंदैछन ।


 शनिबारदेखि विधिवत रुपमा सुरु भएको यो पर्वमा आ–आफ्ना सन्तानको दिर्घायु तथा पितृहरुको सम्झनाका लागि मनाइने  चलन छ  । 

 

आईतबारदेखि सोमबार विहानसम्मको तिथिको अवधिमा उपवास बस्नुपर्ने हुन्छ ।

 

हिन्दू धर्मावलम्बीहरुले उपवास गर्ने पर्वहरुमा सबैभन्दा बढी समयसम्म उपवासमा बस्नुपर्ने छठ र जितिया पर्वको ब्रत मात्र हो, सो अवधिमा कडा बन्देजका कारण यो पर्वलाई सबैभन्दा कठोर ब्रतको पर्वका रुपमा लिइन्छ ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार