• शनिबार १-१५-२०८१/Saturday 04-27-2024
डबली

जापानमा सुनैनाको एकल मिथिला चित्रकला प्रदर्शनी

काठमाडौं । कलाकार सुनैना ठाकुरको एकल मिथिला चित्रकला प्रदर्शनी जापानको टोकियोमा भइरहेको छ । २७ भदौदेखि शुरू भएको प्रदर्शनी एक महिनासम्म चल्नेछ ।

 

प्रदर्शनीमा महिला हिंसा, महिला शक्तिकरण, समानता, अधिकार, शान्ति र समृद्धि लगायत विषयवस्तुमा तयार पारिएका ४० थान चित्र रहेका छन् । प्रदर्शनीमा हस्तकलाका सामग्री समेत छन् ।

 

त्यस्तै मिथिला चित्रकला पेन्टिङ गरिएका टिसर्ट, ब्याग, रुमाल लगायत वस्तुहरु समेत प्रदर्शनीमा राखिएका छन् । प्रदर्शनीमा १० वटा पेन्टिङ बुक भइसकेको कलाकार सुनैना ठाकुरले जानकारी दिइन । 

 

मिथिला कला मार्फत् महिला सशक्तिकरण, लैङ्गिक समानता र अधिकारको क्षेत्रमा योगदान पुर्‍याए वापत सुनैनाले २१ भदौमा काठमाडौंमा ५० हजार राशीको ‘संगती ग्रान्ट अवार्ड’ प्राप्त प्राप्त गरेकी थिइन् ।

 

त्यस्तै ठाकुरले लोककलातर्फ राष्ट्रिय ललितकला पुरस्कार, अमेरिकाबाट कमन ग्राउण्ड अवार्ड लगायत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पुरस्कार समेत प्राप्त गरेकी छन् । उनले अमेरिका, श्रीलङ्का, भारतमा समेत चित्रकला प्रदर्शनी गरिसकेकी छिन् ।  ठाकुरले जनकपुरमा मिथिला आर्ट ग्यालरी र प्रशिक्षण समेत सञ्चालन गर्दै आएकी छिन् । 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार