• शुक्रबार १-१४-२०८१/Friday 04-26-2024
देश/प्रदेश

३० करोड लागतमा प्रधानमन्त्री निवास बन्दै

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री निवासको बालुवाटारमा बिहीबार शिलान्यास गरेका छन् । हाल प्रधानमन्त्री निवास रहेकै परिसरमा नयाँ भवन बन्न लागेको हो ।

 

प्रधानमन्त्रीको नयाँ सरकारी निवास दुई खण्डमा रहने जनाइएको छ ।

 

एउटा खण्ड प्रधानमन्त्रीको नितान्त पारिवारिक प्रयोगमा आउने छ भने अर्को खण्डमा भेटघाट, मन्त्रिपरिषद बैठकसमेत आयोजना हुन सक्ने गरी आधुनिक कक्ष निर्माण गरी सार्वजनिक कार्यक्रममा प्रयोग हुने जनाइएको छ । 

 

करिब ३० करोड लागतमा प्रधानमन्त्री निवास निर्माण हुने भएको हो ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार