• शनिबार १-१५-२०८१/Saturday 04-27-2024
मनोरञ्जन

गायक राजेश पायल राईको घरमा आगलागी, सम्मानपत्र तथा अवार्डहरु जलेर नष्ट

काठमाडौं । गायक राजेश पायल राईको घरमा आगलागी भएको छ । आगलागीबाट कुनै मानवीय क्षती नभएपनि उनको सम्मानपत्र तथा अवार्डसहितका सामानहरु जलेका छन् । गएराती आगलागी भएको बेला गायक राई भने नेपाल बाहिर साङ्गीतिक कार्यक्रमका बिदेशमा थिए ।

 

आगलागी नियन्त्रणका लागि छिमेकी, सुरक्षाकर्मी तथा अन्यको साथ र सहयोग पाएको हुनाले  कारण आफु कतै दुःखी नभएको राई सामाजिक संजाल मार्फत् आफनो फेशवुकमा लेखेका छन् । 

 

फेसबुकमा स्टाटस लेख्दै उनले  दर्शक श्रोता तथा शुभचिन्तककको आशिर्वाद र मायाको अगाडि आगलागीले दिएको पीडालाई पीडा नभएको बताएका छन् ।  

 

उनले भनेका छन्, 'म पिडामा छैन किनकी तपाईहरुको आशिर्वाद र मायाको अगाडि यो पीडा, पीडा हैन .... मेरो छिमेकीहरुले दर्शाउनु भएको सहयोग, नेपाल प्रहरी, दमकल परिवारप्रति, यहाँबाटै हार्दिक नमन ..... अवार्ड जले होलान्, तर तपाईहरुले दिएको आशिर्वाद, माया, सुझाव नजलोस् .... म सदा तपाईहरुकै काखमा लुट्पुटिने मान्छे ।'

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार