• शनिबार १-१५-२०८१/Saturday 04-27-2024
देश/प्रदेश

ट्रयाक्टर दुर्घटनामा २ को मृत्यु, ३ घाइते

बुटवल । बाणगंगा नगरपालिका९१ बुङ्चिस्थित पूर्वपश्चिम राजमार्गमा लु.३ त ७२७२ नम्बरको ट्याक्टर शनिबार साँझ खाल्डोमा पल्टिँदा गम्भीर घाइते भएका ट्याक्टर चालक २७ वर्षीय रामु थारु र सोही ठाउँ बस्ने १७ वर्षीय रंजित बोटेको सामुदायिक अस्पताल पिपरामा उपचारको क्रममा मृत्यु भएको छ । 

 

वाणगंगा नगरपालिका १ बुङ्ची स्थित कोपवा जाने बाटोमा ट्याक्टर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

 

दुर्घटनामा घाइते भएका अन्य ३ जनालाई उद्धार गरी उपचारको लागि लुम्विनी सिटी अस्पताल बुटवल रिफर गरिएको छ।
 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार