• शुक्रबार १-१४-२०८१/Friday 04-26-2024
देश/प्रदेश

रुपन्देहीमा गोली हानी कुर्मीको हत्या, ५ लाख लुटियो 

रुपन्देहीको रोहिणी गाउँपालिकामा अज्ञात समूहले गोली हानी एक व्यक्तिको हत्या गरेको छ।

 

आइतबार दिउँसो अज्ञात व्यक्तिको गोली लागेर ओमसटिया ४ का ४० वर्षीय महेन्द्र कुर्मीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका  एसपी हृदय थापाले जानकारी दिए। कुर्मी लु ९ प ८२३५ नम्बरको मोटरसाइकलमा धकधई जाँदै थिए। उनको बायां कुममा गोली लागेको छ।

 

मृतक कुर्मी श्रीमतीसँग लु ९ प ८२३५ नम्बरको मोटरसाइकलमा थिए। मोटरसाइकलमै रहेका दुई जनाले गोली हानेको प्रहरीले जनाएको छ। 

 

गोली कसले र किन चलायो भन्ने खुल्न नसकेको प्रहरीले जनाएको छ। तर, स्थानीयले भने कुर्मी बैंकबाट रकम निकालेर आउँदै गर्दा बाइकमा आएको डाकाको समूहले गोली हानेको दाबी गरेका छन् । उनीहरुले कुर्मीसँग भएको ५ लाख रकम पनि लुटेको स्थानीयको बताएका छन्। घटनापछि प्रहरीले गोली हान्नेको खोजी गरिरहेको छ । घटनास्थलमा ठुलो संख्यामा सर्वसाधारणको उपस्थिति रहेको छ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार