• शुक्रबार १-१४-२०८१/Friday 04-26-2024
मनोरञ्जन

सिकन्दरलाल कपूर अर्थात शक्ति कपुर (३० रोचक जानकारी) 

१. शक्ति कपूरको वास्तविक नाम सुनिल सिकन्दरलाल कपूर हो । उनको जन्म सन् १९५२ सेटेम्बर ३ मा भएको थियो ।

 

२. उनलाई आफ्नो वास्तविक नाम सुनिल कमजोर लागेर उनले आफ्नो नाम परिवर्तन गरेर शक्ति राखेका थिए ।

 

३. शक्ति कपूरले दिल्ली विश्वबिद्यालयको   किरोडी मलबाट आफ्नो पढाई पुरा गरेका थिए । तर उनले अभिनय एफटिआईआईबाट पढेका थिए । 

 

४. शक्ति कपूरको जन्म दिल्लीको एक पंजाबी परिवारमा भएको थियो ।  उनको बुबाको कनाट प्लेसमा लुगा सिलाउने  पसल थियो ।

 

५.शक्ति कपूरले आफ्ना आमाबुबालाई आफ्नो फिल्म  ‘इन्सानियत के दुश्मन’ देखाउन लगेका थिए ।  फिल्ममा उनले बलात्कार गरेको  दृश्य देख्दा उनकी आमा चलचित्र भवन छाडेर छोडेर बाहिर आएकी थिइन् । बुबाले भने चड्कन लगाउँदै भनेका थिए  ‘खाली केटि जिस्काउने काम मात्रै गर्छस्, राम्रो भूमिका गर्न सक्दैनस् । उनले हेमा मालिनी जस्ती अभिनेत्रीसंग काम गर् भनेका थिए । 

 

६. शक्ति कपूर स्पोर्ट कारको सौखिन थिए ।  उनले कारमा धेरै पैसा  खर्च गरे । जितेन्द्र जो सँग शक्तिले धेरै फिल्म गरे उनले शक्तिलाई सल्लाह दिए पैसा धेरै खर्च गर्नु हुँदैन भन्ने सल्लाह दिने गर्थे । केहि सम्पति जोड्यो भने भविष्य राम्रो हुन्छ भन्थे । यो कुरा शक्तिले माने पनि । अहिले उनको मुम्बईमा तीन र दिल्लीमा एउटा भब्य घर छ 


७. शक्ति कपूरले मिथुन चक्रवर्तीको सम्मान गर्थे । उनी प्राय आफुलाई चाहिने जरुरी सल्लाहहरु मिथुनसंगै लिने गर्थे । शक्ति भन्छन्, यदी मिथुनले उनलाई पिटे, गाली गरे पनि उनी केही भन्दैन्थे । 

 

८. शक्ति कपूरकि पत्नी शिवांगी कोल्हापुरे फिल्म अभिनेत्री पद्मिनी कोल्हापुरे कि बहिनी  हुन् । शिवांगीले  ‘किस्मत’ फिल्म गर्दै थिइन् जसमा शक्ति पनि थिए र त्यसै क्रममा शक्तिले शिवांगीलाई मन पराएका थिए ।  शक्तिले आफ्नो स्पोर्ट कारमा शिवांगीलाई घुमाउन थाले र पछि यी दुई बैवाहिक बन्धनमा बाधिए ।


 
९. फिल्म सत्ते पे सत्ता गर्ने क्रममा शक्तिले महशुस गरे कि उनी पनि हास्य अभिनय गर्न सक्छन् र पछि उनले धेरै हास्य पात्रको भूमिका गरे केही फिल्ममा भिलेनको अभिनय हसाउँने शैलीले पनि गरे । 

 

१०. उनले  धेरै सम्झिरहने खाले भुमिकाहरु गरेका छन् । फिल्म इन्साफमा 'इन्स्पेक्टर भिडे', अन्दाज आपना आपनामा 'क्राइम मास्टर गोगो', राजाबाबुमा 'नन्दु', लगाएतका पात्रको भूमिका गरेका छन् ।

 

 

११. तोहफामा उनले बोलेको संवाद  ‘आ...... 'ललिता’ धेरै मन पराइएको भुमिका हो । उनले यो कुराको प्रतिलिपि पनि बनाएका थिए । तोहफा तेलगु फिल्म देवताको रिमेक थियो 

 

१२. शक्ति कपूर आम मानिसका लागि मनपर्ने कलाकार हुन् । उनले पनि दर्शकहरुको रुची अनुसार नै फिल्म गरेका छन् । शक्तिको अभिनय धेरै जसो  फिल्म क्रिटिक्सहरुले मन पराउँदैन्थे। उनीहरुको अनुसार शक्ति धेरै नै लाउड र ओभर एक्टिङ गर्छन ।

 

१३. शक्ति कपूरसँग  १०० भन्दा बढी गीतहरू शूट गरिएका छन् । उनी एक युवा नायक जस्तै देखिन्थे, संजय दत्त, मिथुन, गोविन्दहरुसंग भन्दा उनीसँग धेरै गीतहरु शूट गरिएको छ । फिल्म रक्कीमा उनी संजय दत्तसँग नाच प्रतियोगितामा पनि देखा परेका थिए।

 

१४. शक्तिले धेरै नृत्य गरेको देखेर अमजद खानले उनको नाम डिस्को किङ राखदिएका थिए । 

 

१५. यो त्यो समयको कुरा हो जब सलमान साना थिए र शक्ति कपूर उनको घर जाने गर्थे । त्यहाँ सलीम खानसँग पिउने पिलाउने समय हुन्थ्यो। सुरुमा आएपछि शक्ति कपूर तीन खान भाईहरू (सलमान-अरबाज-सोहेल) सँग नाचगान गर्थे। जुन कुरा सलमानले आजसम्म पनि बिर्सेका छैनन्।

 

१६. कादर खानसँग उनको जोडी धेरै लोकप्रिय भयो। उनीहरूले सँगै लगभग सय वटा जति फिल्महरू गरे होलान । दुबैलाई सँगै देखेर दर्शकहरू पनि खुशी  हुन्थे। दुबैको लोकप्रियता यति थियो कि उनीहरू पनि अन्य कलाकाहरुसँग फिल्मी पोस्टरमा देखिन थाले । धेरै फिल्महरूमा यी दुबैले मुख्य नायकनायिकाले भन्दा पनि बढी पारिश्रमिक पाउँथे ।

 

१७. शक्ति कपूर भन्छन्, कादर खान उनका गुरु हुन् र उनले कादर खानसंगबाट धेरै कुराहरु सिकेका छन् ।

 

१८. शक्ति कपूरलाई डेविड धवनले धेरै मन पाराउँथे ।  डेविड धवनले पनि शक्तिलाई आफ्नो १८ वटा जति फिल्महरुमा अभिनय गराएका छन् । 

 

१९. मिथुन, गोविन्द, जितेन्द्रसंग शक्तिले धेरै फिल्महरु अभिनय गरेका छन् ।

 

२०. यती धेरै फिल्महरुमा अभिनय गरेतापनि उनले फिल्म राजा बाबु बाट मात्र  फिल्मफेयर अवार्ड पाएका थिए ।

 

 

२१. एक समय यस्तो पनि थियो, शक्ति कपूर प्राय सबै फिल्महरुमा देखा पर्थे । उनलाई आलुको उपनामले बोलाउन थालियो । यसको  मतलब यो उपनाम उनलाई जहाँ पनि मिल्ने देखियो । 

 

२२. शक्ति कपूरलाई एक समय मदिराको यति लत लागेको थियो कि उनी शुटिङ सकिने बित्तिकै मदिरा सेवन तीर लागिहाल्थे । 

 

२३. यो कुराले छोरी श्रद्धा कपूर उनको यो बानीबाट धेरै चिन्तित थिइन। श्रद्धा विश्वास गर्छिन् कि उनका बुबा परिवारसँग समय बिताउनु भन्दा रक्सी पिउन धेरै रुचाउँछन्  । यसैले शक्तिले रियलिटी शो बिग बाँसमा पनि भाग लिए किनकि उनी सबैलाई देखाउन चाहन्थे कि उनी रक्सी बिना पनि बाँच्न सक्छन् । उनले लगभग चार हप्तासम्म शो मा भाग लिए र रक्सीको लत आफुबाट छुटाएर नै छाडे ।


 
२४. बिग बॉस कार्यक्रममा सहभागि जनाउँदा १३ जना प्रतियोगीहरू मध्ये उनी एक मात्र पुरुष थिए । धेरै मानिसहरूले यो कुरालाई लिएर उनको खिल्ली  उडाएका थिए । तर पनि यसको मतबल नगरी आफ्नो छवी जस्तो नभई शक्ति कपूर एक पारिवारिक व्यक्तिको रूपमा शो मा देखा परे र यसले उनको छवीमा अझ सुधार ल्यायो ।

 

२५. कतिपय फिल्ममा उनले अभिनेत्रीसंग रोमान्स पनि गरे ।


२६. २००५ मा शक्ति कपूर एउटा स्ट्रिंग अपरेशनमा फसेका थिए । एक युवती पत्रकारले उनलाई नया अभिनेत्रीको रूपमा भेट्छिन् र शक्ति पनि उनीसँग धेरै कुरा गर्ने गर्थे। शक्तिका अनुसार यो च्यानलको टीआरपी बढाउनको लागि म माथी रचीएको एउटा षडयन्त्र थियो । 

 

२७. स्ट्रिंग अपरेशनको समयमा शक्ति कपूरलाई फिल्म एण्ड टेलिभिजन निर्माता गिल्ड अफ इंडियाले बन्देज गरेको थियो ।  यो बन्देज केवल एक हप्ता मात्रै टिक्यो ।

 

२८. एशोसियसन अफ इंडिया मोशन पिक्चर्स एंड टीवी प्रोग्राम प्रोड्यूसर्सले शक्ति कपूरमाथि कुनै पनि बन्देज नलगाउने घोषणा गरे किनकि उनको आरोप प्रमाणित गर्ने कुनै पनि प्रमाण उनीहरुसंग थिएन ।

 

२९. शक्ति कपूरका दुइ सन्तान छन् । श्रद्धा कपूर जो अहिले बलिउडमा चलेको नायिकाको रुपमा चिनिन्छिन्  र अर्का छोरा सिद्धान्त कपूर ।

 

३०. शक्ति कपूरले छोरा सिद्धान्त कपूरको अभिनयमा रुची देखेर उनलाई अभिनय सिक्न न्युयोर्क पठाए । लन्डनमा निर्देशन पनि सिकाए यसपछि, शक्ति कपूरले सिद्धान्तलाई निर्देशक प्रियदर्शनको सहायक निर्देशक रूपमा सहायक बनाएर बलिउडमा पाइला टृेकाए । साभार : वेभ दुनियाँ


 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार