• बिहीबार १२-१५-२०८०/Thursday 03-28-2024
अर्थ

पेट्रोलको मूल्य घट्यो

काठमाडौं– नेपाल आयल निगमले पेट्रोलको मूल्य समायोजन गरेको छ । बुधबार राती १२ बजेदेखि लागू हुने गरी मूल्य समयोजन गरिएको निगमले जानकारी दिएको छ।

 

पेट्रोलको प्रतिलिटर मूल्यमा १ रुपैयाँ समायोजन गरिएको हो। मूल्य घटेपछि बिहिवार बिहानबाट काठमाडौं उपत्यकामा पेट्रोल १ सय १० रुपैयाँ प्रतिलिटरमा बिक्री हुनेछ । 

 

यसअघि आयल निगमले १५ जेठमा बजेट आउनासाथ पेट्रोल, डिजेल र मट्टितेलको मूल्यमा प्रति लिटर १ रुपैयाँ ५० पैसा वृद्धि गरेको थियो । बजेटले पेट्रोल र डिजेलमा पूर्वाधार कर बापत १ रुपैयाँ थपेपछि मूल्य बढाएको निगमले तर्क गरेको थियो ।

 

निगमले डिजेल, मट्टितेल र हवाइ इन्धनको मूल्य भने यथावत राखेका छ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार