• बिहीबार १२-१५-२०८०/Thursday 03-28-2024
रंगमञ्च

सकियो नाटक ‘बाकस’

पोखरा । पोखरा थिएटरको गन्धर्व नाटकघरमा  बैशाख ६ गतेबाट सुरु भएको नाटक ‘बाकस’ बैशाख २१ बाट सकिएको छ । 

 

नाटकलाई सरुभक्त श्रेष्ठ र परिवर्तन कार्कीले निर्देशन गरेका हुन । नाटकले दर्शकबाट राम्रो प्रतिक्रिया बटुलेको निर्देशक परिवर्तन कार्की बताउँछन् । धेरैले नाटकको कथालाई रुचाएका छन्, उनले भने ।

 

नाटकलाई सरुभक्त श्रेष्ठ लेखेको हुन ।  २५ वर्षपछि यही नाटकबाट सरुभक्त श्रेष्ठले निर्देशनमा ‘कमब्याक’ गरेका हुन । उनको २५ वर्षको कमब्याकलाई ओजिलो बनाउन कलाकारले भरमग्दुर प्रयास गरेका थिए ।

 

नाटकमा परिवर्तन कार्की, प्रमिला तुलाचन, दिलप्रसाद गुरुङ, नवराज गिरी, रमेशबाबु तिमल्सिना, निश्चल विमल, शरद भण्डारी, बुद्धि खनाल, सोनिया खत्री, ईश्वर कार्की, जनक पराजुली, विष्णु तिमिल्सिना, सङ्गम लामिछाने, पार्वती थापा, दीक्षा कार्कीको अभिनय गरेका छन् ।

 

यस्तै प्रतिभा अधिकारी, अञ्जु दाहाल, नारायण क्षेत्री, विजोन उदास, धुव्र पौडेल, निशान ताम्राकार, विक्रम उदास, प्रतिक घिमिरे आदि कलाकारको पनि नाटकमा अभिनय देख्न पाइन्छ ।  

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार