• बिहीबार १२-१५-२०८०/Thursday 03-28-2024
मनोरञ्जन

चलचित्र अदालतको ‘मिठो बोली’ सार्वजनिक (भिडियो सहित)

काठमाडौं । फाल्गुनन्द लिङ्देन फिल्मको व्यानरमा निर्माण भएको चलचित्र ‘अदालत’ को रोमान्टिक गीत ‘मिठो बोली’ सार्वजनिक भएको छ । फागुन २४ गतेबाट प्रर्दशन हुने चलचित्रको गीतमा सुसन साम्सोहाङ र मेनुका राईको स्वर रहेको छ ।

 

गीतमा दिनेश लिङ्देनको शब्द र रोशन वान्तवा राईको संगीत छ । गीतमा दिनेश माङ्मुको कोरियोग्राफी रहेको छ । गीतमा एलिना बासकोटा, मदन भुजेल लगायत फिचर्ड छन् । गीतलाई शुक्रबार राजधानीमा आयोजित एक कार्यक्रममा नेकपा संसदीय दलका नेता देव गुरुङले सार्वजनिक गरे । नेता गुरुङले चलचित्रले सकारात्मक कथा बोक्नेमा आफु आशावादी रहेको बताए । कार्यक्रममा नेता गुरुङले मिस नेपाल हङकङ सोसाइटी र बडीबिल्डिङ एसोसिएसन हङकङका अध्यक्ष लोकराज लिम्बुलाई सम्मान गरेका थिए

 

फिल्मका लेखक तथा निर्देशक दिनेश लिङ्देनले समाजमा घटिरहेका हत्या, हिंसा, बलात्कार, अवैध धन्दाजस्ता आपराधिक एवं संवेदनशील घटनाका विरुद्धको न्यायको कथालाई देखाइएको बताए ।

 

एलिना बास्कोटा, राजकुमार अधिकारी, मदन भुजेल, रुद्र पाहिम लिम्बु, शान्ति लामा, मेखबहादुर मगर, उदय सुब्बा, प्रेम आले, दिपक क्षेत्री, राजु घिमिरे, दिलिप ठकुरी, पुन्य ओझा, अजय खडकाआदिको चलचित्रमा मुख्य भुमिका रहेको छ । मदन, राजकुमार, रुद्र र शान्तिले यसै चलचित्रबाट डेब्यु गरेका हुन् ।

 

चलचित्रमा डा. डिजन भट्टराईको गीत, रोशन बान्तवा राईको संगीत, दिनेश माङमुको नृत्य, राजु किराँतीको द्वन्द्व, विक्रम डिसिको छायांकन छ । बसन्त थेवे कार्यकारी निर्माता, मेखबहादुर मगर सह–निर्माता र आरपी दाहाल प्रस्तुतकर्ता चलचित्रमा रहेका छन् भने कविता राई लिङ्देन चलचित्र कि निर्मात्री हुन  ।

 

 


 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार