• बिहीबार १२-१५-२०८०/Thursday 03-28-2024
श्रृङगार

अनुहारको छालाको प्रकृति अनुसार फेसियल

स्किनलाई सदावहार सुन्दर राख्न स्किनको मेन्टेन गर्नु नै फेसियल हो । अनुहारमा भएको अनावश्यक फोहोर ,दाग र रिंकल हटाउन फेसियल गर्ने गरिन्छ । प्रकृया मिलाएर फेसियल गरिएन भने त्यसले अनुहारमा थप समस्याहरु आउन सक्छन् । समय मिलेसम्म तोकिएको समयमा फेसियल गर्नुपर्छ । यदि काम व्यस्थताले गर्दा समय कम छ भने क्लिन्जिङ मात्रै गरेको खण्डमा पनि अनुहारमा परिर्वतन महसुस गर्न सकिन्छ ।
फेसियलले अनुहारमा थप चमक्ता ल्याउछ


अनुहारको सुक्खापनलाई हटाइ छालामा चमक्ता ल्याउछ


चाउरीपन हुन दिदैन


अनुहारमा हुने अनावश्यक दाग,कोठीहरु(ब्ल्याकहेड,हवाइटहेड) हटाउन सहयोग पुग्छ


फेसियल गराउदाँ


अनुहारको छालाको प्रकृति अनुसार फेसियलको लागि तयार हुनुपर्छ
ब्युटिसियनको सल्लाह अनुसार फेसियल गर्ने यदि घरमै आफै गर्ने हो भने थप जानकारीहरु लिने र सल्लाह अनुसारनै फलो गर्ने
 अनुहारमा पिम्मलहरु आएको छ भने त्यस्तो छाला हुनेहरुले अरुले भन्दा बढी आफ्नो स्किनको ख्याल गर्नु पर्ने हुन्छ 


घरमानै सहजै फेस्यिल गर्न के गर्ने


समय कम भएको खण्डमा आफ्नै घरमा पनि फेसियल गर्न सकिन्छ । एक पछि अर्को विधिको बारेमा पुर्ण ज्ञान छ भने मात्र
बेसनको पाउडरमा फलफूलको रस मिसाएर बनाएको प्याक लगाउन सकिन्छ
अनुहार सुख्खा र कडा छ भने मोस्चराइचर प्रयोग गर्ने
अनुहारमा चिल्लोपना छ भने जेलयुक्त फेस्यिल गर्न सकिन्छ 


टिनएजका लागि


 फ्रुट फेसिलमात्र गर्दा पनि हुन्छ ।
 घरमै फलफूलको रसहरुबाट तयार भएको घोलहरु लगाउन सकिन्छ
घरमा पाईने फलफूलको प्याकहरु लगाउन सकिन्छ


तैलीय छालाका लागि


सामान्य छाला भन्दा तैलीय छाला हुनेहरुले अल्ली बढी साबधानी अबस्यनै अपनाउनु पर्ने हुन्छ ।
फेसियलमा जेल भएको प्रोडक्ट प्रयोग गर्नु पर्ने हुन्छ किन भने मोस्चराइजर लगाउदाँ झनै छाला तैलीय हुन्छ
सम्भब भएसम्म फलफूलको रस पनि मिसाएर लगाउदाँ राम्रो हुन्छ 
पिम्पल भएको फेस हल्का तातो पानीले धुनु राम्रो हुन्छ जस्ले पिम्पल कम गर्न सहयोग पुग्छ ।
फिटकिरीको धुलोलाई कम्याकट जसरी लगाएर केहि समय राख्ने र हल्का तातो पानीले सफागर्ने र ओइल कन्ट्रोल क्रिम लगाउन सकिन्छ ।


 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार