• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
साताको मोडल

ग्ल्यामर क्षेत्रमा स्थापित हुने बिपनाको चाहना

काठमाडौं । आकर्षक शरीर, बनावट पांच फिट ५ इन्च उचाईकी बिपना थापा मोडलिंङको दुनियाँमा नौलो नाम होइन ।

 

ग्ल्यामर क्षेत्रमा केही गर्ने सोच बनाएकी उनले दी र्याम्प मोडेलिंङबाट प्रोफेशनल ट्रेनिङ लिएपछि र्‍याम्प मोडलिंङमा ब्यस्त बनिन् । उनले र्‍याम्प शो हरुमा मोडलको रुपमा सहभागी भएपछि कोरियोग्राफि पनि सुरु गरिन ।

 

 

र्‍याम्प सँगै उनले धेरै म्युजिक भिडियोहरुमा पनि मोडेलिंङ गरिसकेकी छिन् । प्रतिभाशाली बिपनाको  स्वर पनि त्यतिकै मिठो छ । आफ्नै स्वरमा उनले एउटा गीत रेकर्ड गराएकी छिन् जसको भिडियो सार्वजनिक भइसकेको छ ।

 

 

गीतको भिडियोमा उनी आफै मोडलको रुपमा प्रस्तुत भएकी छिन् । भविष्यमा ग्ल्यामर क्षेत्रलाई नै निरन्तरता दिने बिपनाको योजना छ । 

 

प्रस्तुति : जयन सुब्बा मानन्धर 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार