• सोमबार ७-२३-२०८३/Monday 11-09-2026
बिश्व

'मेरो 'टिन्डर म्याच'ले जीवनभरको दुर्लभ रोगको रहस्य हल गरिदियो'

काठमाडौं । कोभिड महामारीभन्दा केही अघि जब मारिआ पाउला भिएरा टिन्डरमा जोडिइन्, उनले रोचक कोही व्यक्ति फेला पर्ने मात्रै अपेक्षा राखेकी थिइन्। तर त्यो उनको जीवनमा परिवर्तन ल्याउने क्षण बन्न पुग्यो। टिन्डरमा उनको प्रोफाइल मिलेका मानिसमा लुकास पनि थिए जो चिकित्साशास्त्रका विद्यार्थी थिए।

 

"उनीसँग कुरा गर्न यति सजिलो थियो कि हामी तत्कालै साथी बन्यौँ," ३३ वर्षकी उनले बीबीसी न्यूज ब्रजिललाई भनिन्। महामारीका समयमा मानिसहरूले एक अर्काबाट दूरी कायम राखिरहँदा उक्त जोडीले धेरै कुराकानी गर्न थाल्यो। मारिआ पाउलाले उनलाई आफूले बेहोरिरहेको चरम पीडाबारे बताउने निधो गरिन्। उक्त पीडाका कारण उनी ह्विल चेअर प्रयोग गर्न बाध्य भएकी थिइन्।

 

उनी तीन वर्षको हुँदा सुरुमा उनलाई उक्त बिरामीको लक्षण देखिएको थियो। उनलाई आफ्नो हातमा 'आगोले पोलेको' जस्तो महसुस हुन्थ्यो। त्यसका कारण पीडा हुन्थ्यो भने छाला पनि उक्किन्थ्यो। तर धेरै जना चिकित्सक भेट्दा पनि उनीहरूले के कारणले त्यस्तो भइरहेको छ पत्ता लगाउन सकेनन्।

 

३२ वर्षका लुकासले आफूले सहयोगको प्रयास गर्ने उनलाई बताए। उनी चिकित्साशास्त्रको विद्यार्थीको रूपमा "आफूले केही गरेर वास्तवमै फरक पार्न सक्छु कि' भन्ने अपेक्षा राखेको बताए। उनीहरूले अर्को चिकित्सकलाई भेट्नेबारे छलफल गरिरहँदा लुकासले आफूलाई साओ पाउलोमा एक जना प्राध्यापकले एउटा दुर्लभ रोगबारे पढाएको सम्झिए। ती चिकित्सक पाउलो रिकार्डो क्रिआडो थिए।

 

उक्त प्रवचनका क्रममा शरीरका विभिन्न प्रणालीहरूलाई प्रभाव पार्ने रोगहरूले छालामा कस्तो असर पार्नसक्छन् भन्नेबारे छलफल भएको थियो। "उक्त कक्षा एकदमै जटिल थियो। उनले व्याख्या गरेको कुराले मैले सिकेको कुरासँग धेरै सान्दर्भिक थियो," उनी भन्छन्। बीबीसी

 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार