• सोमबार ५-२९-२०८३/Monday 09-14-2026
राजनीति

सरकारमा कोही एक्लो छैन : रास्वपा नेता झा

काठमाडौँ। प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) लाई रास्वपाका नेता मनिष झाले जवाफ फर्काएका छन्। हिजो मध्यराति फेसबुकमा प्रधानमन्त्री शाहले सत्यको पक्षमा कहिलेकाहीँ एक्लै लड्नुपर्ने स्टाटस लेखेका थिए।

 

प्रतिनिधि सभाको शुक्रबारको बैठकमा रास्वपाकै सांसदहरुले सरकारमाथि प्रश्न गरेपछि मध्यरातमा प्रधानमन्त्री शाहले आफू एक्लै भएको संकेत गर्दै फेसबुकमा स्टाटस लेखेका थिए । 

 

त्यसमा जवाफ दिँदै परिवर्तनको लागि महान् जनादेश पाएको सरकारमा कोही एक्लो नभएको बताएका छन्। प्रधानमन्त्री शाहलाई फेसबुकमै जवाफ दिँदै झाले लेखेका छन्, ‘ परिवर्तनको लागि यो महान् जनादेश पाएको सरकारमा कोही एक्लो छैन। हामी सबै साथमा छौँ। हिजो सदनमा भनेको झैँ, नियत र आशयमा शंका छैन तर सुधार गर्नै पर्ने केही पक्ष छन्।’

 

उनले संसदमा अवसर खेर नजाओस् भनेर सचेत गराइएको प्रधानमन्त्री शाहलाई स्मरण गराएका छन् । र, यो काम निरन्तर हुने उनको भनाइ छ । ‘यो महान् ऐतिहासिक अवसर खेर नजाओस् भनेर सजग रहने र सचेत गराउने काम निरन्तर रहनेछ’, उनले थप लेखेका छन्, ‘जन निर्वाचित सरकार जनताको साथमा हुनुपर्छ र म सरकारको साथमा छु। यहाँ कोही एक्लो छैन।’

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार