• बुधबार २-२७-२०८३/Wednesday 06-10-2026
देश/प्रदेश

सुधन र महावीरले लिए शपथ,दरबार हत्याकाण्डको थप छानबिन हुने

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आज मन्त्रिपरिषद् विस्तार गरेका छन् ।  राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष गृहमा सुधन गुरुङ र विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रीमा महावीर पुनले शपथ लिएका हुन् ।

 

शपथ ग्रहण समारोहमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, सभामुख, राष्ट्रिय सभा अध्यक्ष, मन्त्रीहरू र सांसदहरू पनि उपस्थित रहेको थियो ।

 

यसअघि प्रधानमन्त्री वालेन्द्र शाह 'बालेन' ले नै दुवै मन्त्रालयको जिम्मेवारी सम्हालेका थिए। गृहमन्त्रीका रूपमा पुनः नियुक्त भएका  गुरुङले विसं २०५८ साल जेठ १९ गते भएको राजदरबार हत्याकाण्डको अनुसन्धान अगाडि बढाउने घोषणा गरेका छन्।

 

मङ्गलवार पद तथा गोपनीयताको शपथ लिएर सिंहदरबारस्थित गृह मन्त्रालयमा पदबहाली गरेपछि बोल्दै गुरुङले यस्तो बताएका हुन्। उनले आफूले मङ्गलवार चारवटा निर्णय गरेको बताउँदै दोस्रो निर्णयका रूपमा यसलाई उल्लेख गर्दै यसअघिका प्रतिवेदनहरूको अध्ययनका साथमा थप छानबिन गर्ने दाबी गरेका छन्।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार