अधिकारी पुर्पक्षका लागि कारागार चलान
काठमाडौं । टिकटक प्रयोगकर्ता तुलसा अधिकारीलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश भएको छ। जिल्ला अदालतका न्यायाधीश टेकनाथ गौतमको इजलासले उनलाई कारागार चलान गर्न आदेश दिएको हो।
कुमार चिमोरियाले दायर गरेको जाहेरीका आधारमा नेपाल सरकार वादी रहेको उक्त मुद्दामा अधिकारीसहित अशोककुमार अग्रवाललगायत १० जनालाई प्रतिवादी बनाइएको छ। उनीहरूविरुद्ध आपराधिक लाभ (एक्सटर्सन), संगठित अपराध तथा सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ) सम्बन्धी कसुरमा मुद्दा अघि बढाइएको छ।
जाहेरीकर्ताका अनुसार २०८२ साउन २४ गते करिब ६ करोड ५२ लाख २९ हजार रुपैयाँभन्दा बढी ठगी भएको दाबी गरिएको छ। साथै, अधिकारीको नाममा करिब २१ करोड रुपैयाँ बराबरको सम्पत्तिको स्रोत अस्पष्ट रहेको भन्दै सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धानसमेत अघि बढाइएको छ।
सम्बन्धित समाचार




प्रतिकृया दिनुहोस