• सोमबार १२-३०-२०८२/Monday 04-13-2026
देश/प्रदेश

युवाका विविध समस्यालाई सदनमा उठाउने आश्वासन 

काठमाडौं । डिजिटल माध्यमबाट हुने हिंसालाई कानुनी रुपमा नै न्यूनीकरण गर्नुपर्नेमा सांसद र युवा सङ्गठनका प्रतिनिधिले जोड दिएका छन् । महिला सेवा संस्था नेपालले आयोजना गरेको ‘बदलिँदो राजनीतिक परिस्थितिमा युवाको भूमिका’ विषयक एक दिवसीय संवादमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद कमल सुवेदीले अहिले प्रविधिको युग भएकाले त्यसलाई कानुन बनाएर नै व्यवस्थित गर्नुपर्ने बताए । छलफलमा सहभागी युवाहरुको प्रशनलाई सम्बोधन गर्दै  सुवेदीले युवाका विविध समस्यालाई संदनमा उठाउने आश्वासन दिए ।

 

नेपाली कम्युनिष्ट पार्टीका सांसद पार्वती विकेले प्रविधिको विकाससँगै डिजिटल माध्यमबाट महिला हिंसा वृद्धि हुँदै गएकाले त्यसलाई न्यूनीकरण गर्नुपर्ने बताइन। सांसद बि. के ले प्राप्त उपलब्धीलाई  महसुश गर्दै नयाँ पुस्ताले अबको राजनीतिलाई अगाडी बढाउन सुझाव दिइन । प्यानलमा डिजिटल  प्ल्याटफम र युवा सहभागीताको बारेमा समेत छलफल भएको थियो । 

 

छलफलमा सहभागी युवालाई सम्बोधन गर्दै  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृ जमुना शर्माले  निती निर्माणमा युवाको सहभागीतालाई सकरात्मक रुपमा लिनु पर्न बताइन ।

 

कार्यक्रममा नेपाली काग्रेसका तर्फबाट गौरब पाण्डे,एमालेका तर्फबाट बिनय शाहलगायतले संस्कार सहितको राजनीति गर्दै युवा सहभागिता र युवा सङ्गठनहरुमा एकताबद्ध भएर मुलुकको समस्याको समाधान गर्नुपर्नेमा जोड दिएका थिए ।

 

 संस्थाका अध्यक्ष अधिवक्ता भावना भट्टले डिजिटल डेमोक्रेसीका बारेमा बोलेकी थिइन् । कायक्रममा सोम्या रिसाल, प्रिन्स शाह, कुशल पौडेल, एन्जल लामा, सुभेक्षा चापागाई, रेजिना बस्नेत लगायतले डिजिटल मिडियाको अवसर र चुनैतिका बारेमा आ-आफना धारणा राखेका थिए ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार